आइजिपी नियुक्ति बदर मागसहित सिनियर २ एआइजी अदालतमा

आदर्श समाज सम्वाददाता
वैशाख १९, २०७९
sahakul-biswa

पोखरा। जुनियरलाई आइजिपी बनाउने सरकारको निर्णय बदरको मागसहित सिनियर एआइजी विश्वराज पोखरेल र सहकुल थापा सर्वोच्च अदालत गएका छन् ।

आफ्नोतर्फबाट रिट निवेदन सर्वोच्चमा गइसकेको र दर्ता प्रक्रियामा रहेको एआइजी पोखरेलले बताए । सहकुल थापाको तर्फबाट पनि रिट दायर हुने भएको छ ।

वरिष्ठता मिचिएको सन्दर्भमा सर्वोच्च अदालतको यसअघिको फैसला नै बलियो नजिर भएकाले प्रथम दृष्टिमै सरकारको निर्णय बदरभागी हुने जिकिर रिटमा गरिएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width