पोखरा, १५ वैशाख । गठबन्धनमा असहमति जनाउँदै विरोधमा उत्रिएका पोखराका कांग्रेस कार्यकर्ताले प्रदेश कार्यालय तोडफोड गरेका छन् । आफ्नो वडामा अरू पार्टीलाई अध्यक्ष दिएको भन्दै पोखरा १८ र २४ का कार्यकर्ताले बिहीबार पार्टी कार्यालय घेराउ गर्दै तोडफोडमा उत्रिएका हुन् ।
उनीहरूले प्रदेश सभापति शुक्रराज शर्माको कार्यकक्षमा रहेको फर्निचर फुटाएका छन् । तोडफोडमा उत्रिएको भन्दै कास्की प्रहरीले २३ जनालाई पक्राउ गरेको छ । कांग्रेसबाट उम्मेदवारी दिएका उम्मेदवारलाई माथिको निर्देशन भन्दै फिर्ता लिन आग्रह गरेपछि कार्यकर्ता आक्रोशित भएका थिए ।
आफैले तोडफोड गरेको स्वीकारेका कारण उनीहरूलाई पक्राउ गरिएको कास्की प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक (डीएसपी) सुन्दर तिवारीले जानकारी दिए ।
दिउँसो पनि सत्तागठबन्धनतर्फबाट पोखराक मेयर–उपमेयर उम्मेदवारीले गरेको पत्रकार सम्मेलनमा समेत कांग्रेस कार्यकर्ताले नाराबाजी गर्दै विरोध जनाएका थिए । पोखरामा कुल ३३ वडामध्ये कांग्रेसले २२ र बाँकी वडा गठबन्धनका अन्य दले लिने निर्णय भएको थियो।
यसैबीच, गण्डकी प्रदेशस्थित सत्तासीन पाँचदलीय गठबन्धनले गठबन्धन दलभित्र यसअघि सहमतिका उम्मेदवारमात्र कायम राख्ने निर्णय गरेको छ । बिहीबार बसेको बैठकले गठबन्धन दलका तर्फबाट दिएका अन्य उम्मेदवारी वा गठबन्धन दलका सदस्यले दिएका स्वतन्त्र उम्मेदवारी फिर्ता गराउन सम्बन्धित दलले आवश्यक पहल गर्नुपर्ने निर्देशन दिएको छ ।
बैठकमा कग्रेस गण्डकी प्रदेश सभापति शुक्रराज शर्मा, माओवादी केन्द्रकी प्रदेश अध्यक्ष गायत्री गुरुङ, नेकपा (एकीकृत समाजवादी) का प्रदेश अध्यक्ष केशवलाल श्रेष्ठ, जसपाका प्रदेश अध्यक्ष मोती रिजाल र राष्ट्रिय जनमोर्चाका प्रदेश अध्यक्ष शंकर बराल सहभागी थिए । उनीहरूले संयुक्त विज्ञप्ति जारी गरेका छन्।
Related News
सम्बन्धित समाचार
राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट बाहिरिने
राष्ट्र बैंकका प्रथम गभर्नर राणाको निधन
प्रदेशका पाँच वर्ष : अपेक्षा धेरै, फिलतो कार्यान्वयन
प्रदेश सांसदका चिन्ता: न संघले हेर्छ, न पालिकाले टेर्छ
मुग्लिन–पोखरा सडकखण्ड निर्माण सुस्त, पर्यटनमा मार
hero news full width
मुख्य समाचार
२१ नाटक प्रदर्शनसहित सकियो नाटक महोत्सव
पिएनसी जग्गा विवाद : कित्ता नम्बर ८३३ साठीघरे पराजुलीको ‘खरबारी ’
माघ २०, २०७९गण्डकीमा प्रतिपक्षी दलको सहमतिपछि विनियोजन ऐन संशोधन विधेयक पेस
माघ २०, २०७९मौरीका घारले भरियो रत्नेचौरको तोरीबारी
माघ २०, २०७९चर्को ब्याजदरले छटपटी : घरमै पुगेर ऋणीलाई टर्चर !
माघ २०, २०७९बैंक तथा वित्तीय संस्थाको धरपकडविरुद्ध व्यवसायी
माघ २०, २०७९