सरकारले दियो शनिबार र आइतबार सार्वजनिक बिदा

आदर्श समाज सम्वाददाता
वैशाख १४, २०७९
griha-mantralaya-home-minst_

पोखरा । सरकारले हप्तामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । अब शनिबार र आइतबार २ दिन बिदा हुनेछ ।

मंगलबार बसेको मन्त्रिपरिषद बैठकले जेठ १ गतेदेखि लागु हुने गरी हप्तामा दुई दिन बिदा दिने निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्र कार्कीले जानकारी दिए । उनका अनुसार अहिले परीक्षणका रुपमा २ दिन बिदा दिने निर्णय गरिएको हो ।

बिदाको दिनबाहेक अरू दिन कार्यालयहरू भने बिहान साढे ९ बजेदेखि साँझ साढे ५ बजेसम्म खुला रहने छन्।

Related News

सम्बन्धित समाचार

hero news full width