दीपक पौडेलको टिकट खोसेर प्रदेश सांसद कृष्ण थापालाई पोखरा महानगरमा मेयरको टिकट

आदर्श समाज सम्वाददाता
वैशाख १२, २०७९
krishna thapa

पोखरा । पोखरा महानगरपालिकाको मेयरमा एमालेले टिकट अन्तत कृष्ण थापाले पाएका छन् । टिकट पाएका दीपक पौडेलको टिकट खोसेर एमालेले थापालाई अगाडि सारेको हो । हिजो साँझ पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बसेको बैठकले थापालाई टिकट दिएको हो ।
पौडेललाई टिकट दिएपछि उनको पुरानो भिडियोहरू शेयर गर्दै चौतर्फी आलोचना भएको थियो । उनीमाथि सुन चाेरीकाे आराेप छ ।

कास्की र पोखरामा उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र केन्द्रीय सदस्य खगराज अधिकारीको टकराव उच्च छ । पौडेल पृथ्वीसुब्बा निट हुन् भने थापा खगरराज निकट । थापा २०५४ सालमा पाेखरा उपमहानगगर पालिकाकाे मेयर भएका थिए ।

गएकाे स्थानीय तहकाे चुनावमा पनि उनी मेयरकाे आकांक्षी थिए । उनले टिकट चाहँदा चाहँदै पृथ्वीसुब्बा निकट मानवहादुर जिसीले बाजी मारेका गिए ।

Related News

सम्बन्धित समाचार

hero news full width