विदेशी दाताद्वारा विद्यालय निरीक्षण

आदर्श समाज सम्वाददाता
वैशाख १, २०७९
school visit help

लेखनाथ । पोखरा ३२, राजाको चौतारामा रहेको ब्रह्मरुपा माध्यमिक विद्यालयमा मंगलबार जर्मनी नागरिक मार्क ओभर ल्याक र उनको प्रोजेक्टद्वारा विद्यालयमा निरीक्षण गरिएको छ ।

जर्मन नागरिक ओभर ल्याक र उनको परिवारले विक्रम संवत २०७२ सालमा २ तले ८ कोठे भवन निर्माण गरी यस विद्यालयको कक्षा १ देखि १० कक्षा सम्मका गरिब तथा जेहेन्दार पिछडा वर्गलाई छात्रवृत्ति वितरण, भौतिक एवं शैक्षिक सुधारका लागि आर्थिक सहयोग गर्दै आएको हो ।

जुइरजेन उइन्टरले विद्यालयको भवन र २०७२ सालमा गएको भूकम्पदेखि सोही विद्यालयमा अध्ययनरत छात्रछात्राको लागि पुनर्निर्माणमा आकस्मिक बजेट र घर निर्माणसमेत गरेका थिए ।

सरकारले मात्र नभई विदेशी विकास साझेदारले समेत सामाजिक क्षेत्रमध्ये सरकारी विद्यालयको शिक्षालाई नै प्राथमिकता दिँदै सहयोग गर्दै आइरहेका छन् । सामाजिक क्षेत्रमध्ये शिक्षामा सबैभन्दा बढी विदेशी विकास साझेदारको चासो रहेको छ ।

विदेशी विकास साझेदारले गरेको सहयोगमध्ये सबैभन्दा बढी कास्की जिल्लामा मात्र परियोजनाले १० वटा परियोजना कार्यरत रहेको प्रोजेक्टका संयोजक सह प्राध्यापक डा. कृष्ण भण्डारीले जानकारी दिए ।

‘गत वर्ष कोभिडको कारण थला परेको शैक्षिक सुधारलाई समेत समेट्दै वैदेशिक सहयोगमा यो वर्षमा पनि शिक्षा सुधार आयोजना, भवन मर्मत सम्भार विद्यालयको भौतिक एवं शैक्षिक सुधार अभिवृद्धि परियोजना, सीप विकास परियोजना सञ्चालनमा निरन्तर रुपमा सञ्चालन हुनेछन्,’ मार्क ओभरको भनाइ थियो । विद्यालयको तर्फबाट प्रधानाध्यापक जनार्दन सुवेदीले धन्यवाद दिँदै आगामी दिनमा पनि सहयोगको लागि आशावादी रहेको बताए । उनले जर्मनी नागरिक मार्क ओभर ल्याक र उनको प्रोजेक्टद्वारा गरेको विद्यालय निरीक्षणको खुलेर प्रशंसा गरे ।

Related News

सम्बन्धित समाचार

hero news full width