हर्पनकोट माविको ४० औं वार्षिकोत्सव

आदर्श समाज सम्वाददाता
फागुन १०, २०७८
harpan

पोखरा । पोखरा २३, कुद्वीडाँडास्थित हर्पनकोट माविको ४० औं वार्षिकोत्सव समारोह सम्पन्न भएको छ । समारोहमा भूपू राज्यमन्त्री महादेव गुरुङले वार्षिकोत्सव समारोह उद्घाटन गर्दै विद्यालयको शिक्षामा गुणस्तरता कायम गर्नुपर्नेमा जोड दिए ।
पोखरा महानगरपालिका शिक्षा महाशाखाका शिक्षा अधिकृत विद्यालय निरीक्षक रामप्रसाद तिवारीले शिक्षाका लागि सम्पूर्ण सरोकार निकाय सचेत हुनुपर्ने बताए ।
समारोहमा वडा सदस्य दुर्गाबहादुर घले, भरतराज भण्डारी, पञ्चासे संरक्षित सामुदायिक वन कोषका अध्यक्ष रामकाजी गुरुङ, टोल संयोजक गुमानसिंह गुरुङ, शिव घले, आमा समूहकी अध्यक्ष राधा गुरुङ लगायतले शुभकामना मन्तव्य दिएका थिए ।
सो अवसरमा विद्यालयको भौतिक र शैक्षिक गुणस्तरको लागि आर्थिक सहयोग गर्ने चाइनीज सहयोगी, पूर्व शिक्षक लालसिंह गुरुङ, याम गुरुङ, लीला गुरुङ, यामकुमारी गुरुङ लगायतका समाजसेवी एवं चन्दादातालाई सम्मान गरिएको थियो । साथै वर्ष उत्कृष्ट शिक्षक शिव परियारलाई प्रशंसापत्र दिई सम्मान गरिएको छ ।
कार्यक्रममा विद्यार्थीले नृत्य एवं नाटक प्रस्तुत गरेका थिए । सो अवसरमा शैक्षिक सत्र २०७७ सालमा कक्षा १ देखि १० सम्म उत्कृष्ट (प्रथम, दोस्रो र तेस्रो) हुने विद्यार्थीलाई पुरस्कृत गरिएको थियो ।
जेहेनदार र गरिब विद्यार्थीलाई छात्रवृत्तिसमेत प्रदान गरिएको थियो । साथै प्रअ कृष्णबहादुर पोखरेलले विद्यालयको प्रगति विवरण प्रस्तुत गर्दै विद्यालयको आन्तरिक आम्दानीको स्रोत नभएको बताए ।
विद्यालय व्यवस्थापन समिति अध्यक्ष क्या. पद्मबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रमको संचालन शिक्षक शिव परियार र स्वागत सहायक प्रअ कृष्णप्रसाद पौडेलले गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width