‘ढ्याङ्ग्रो’ र ‘झुपडी’ को टिजर सार्वजनिक

आदर्श समाज सम्वाददाता
माघ २०, २०७८
Bhakari Event Photo

पोखरा । गुरुङ संस्कृतिमा आधारित चलचित्र ‘ढ्याङ्ग्रो’ र ‘झुपडी’ कोे टिजर सार्वजनिक भएको छ । कोभिड–१९ महामारीबीच फिल्मको छायांकनसँगै पोस्ट प्रोडक्सन सकाएर टिजर सार्वजनिक गरिएको निर्देशक कृष्णकुमार गुरुङले बताए ।
पोखरामा आयोजित एक कार्यक्रममा गुरुङ र नेपाली भाषाको चलचित्रको टिजरसँगै गीत पनि सार्वजनिक गरिएको हो । सो अवसरमा निर्माता, कलाकार र प्राविधिकलाई प्रमाणपत्र प्रदान गरिएको हो ।
भकारी इभेन्ट्स प्रालिको ब्यानरमा बनेको चलचित्रको निर्देशन कृष्णकुमार गुरुङले गरेका हुन् । भकारी इभेन्ट्सकी सल्लाहकार तथा कांग्रेसनेतृ सरस्वती गुरुङले गण्डकी प्रदेश कला संगीतको खानी भएकाले यसको संरक्षण गर्नु जरुरी रहेको बताइन् । उनले गण्डकीमा प्रदेश चलचित्र विकास बोर्ड स्थापना गर्न पहल गरिरहेको बताइन् ।
निर्देशक गुरुङले प्रदेश चलचित्र विकास बोर्ड स्थापनामा जोड दिए । प्रदेशमै चलचित्र बोर्ड भएमा पोखराबाट बनेका चलचित्रले मेनस्ट्रिमका चलचित्रसँग प्रतिष्पर्धा गर्न सक्ने उनले बताए ।
दुवै चलचित्र पोखराको भलाममा छायांकन गरिएको हो । गुरुङ संस्कृतिमा आधारित एकपाटे र दुइपाटे ढ्याङ्ग्रोको विशेषता फिल्ममा देखाउन खोजिएको छ । बायोमेट्रिकमा आधारित चलचित्रमा सोल्टी सोल्टिनीको नाताको महत्व देखाइएको छ । चलचित्र फागुनको अन्तिम साता रिलिज गर्ने तयारी छ ।
ढ्याङ्ग्रोमा ओम गुरुङ, विश्वात्मा गुरुङ, सपना गुरुङ, तारा गुरुङ, लक्ष्मी गुरुङ लगायतको अभिनय गरेका छन् भने झुपडीमा विश्वात्मा गुरुङ, अनुता गुरुङ, ललिता गुरुङ लगायतको अभिनय छ ।
सार्वजनिक टिजरमा अभिनेता भोलाराज सापकोटालाई देख्न सकिन्छ । वित्तीय ऋणको चपेटामा परेको पात्रको जीवन भोगाइ कथामा समेटिएको छ । अभिनेत्री ऋचा शर्माको प्रस्तुतिमा यो फिल्म निर्माण भएको हो । फिल्ममा भोलाराज सापकोटा र ऋचा शर्मासँगै रुपेश दाहाल, परिक्षित विक्रम राणा, सदिक्षा गौतम, निर्भिक भट्टराई र सागर भट्टराई लगायत कलाकाको अभिनय छ । केदार भुसाल निर्माता रहेको फिल्ममा कार्यकारी निर्माता दिमेश श्रेष्ठ र सहनिर्माता लक्ष्मण बानियाँ हुन् ।

Related News

सम्बन्धित समाचार

  • २८ वैशाखदेखि फिल्म ‘खजुरे ब्रो’

    आदर्श समाज सम्वाददाता वैशाख २१, २०८१
    पोखरा । कमेडी नेपाली फिल्म ‘खजुरे ब्रो’ यही २८ वैशाखदेखि प्रदर्शनमा आउँदैछ । सुरज सुनुवार निर्देशित यो फिल्मको प्रचारका लागि…
  • स्मृतिहरु नै बेचिन थालेपछि…

    आदर्श समाज सम्वाददाता वैशाख १०, २०८१
    पोखरा । ‘म गीता छोएर भन्न सक्छु, सम्झना भन्ने केटीसित मेरो जीवनकालमा कतै भेट भएकै छैन,’ नाटकको मुख्यपात्र (लक्ष्मण डुम्रे)…
  • ‘मनसरा’ बाट आशावादी मिरुना

    आदर्श समाज सम्वाददाता वैशाख ८, २०८१
    पोखरा । बहुप्रतिक्षित नेपाली फिल्म ‘मनसरा’ २१ वैशाखदेखि प्रदर्शन तयारी छ । फिल्म लेखक तथा निर्देशक उपेन्द्र सुव्वा फिल्म युनिटसहित…
  • पाइन खबर साँझमा हरिदेवीका गीत

    आदर्श समाज सम्वाददाता चैत्र ९, २०८०
    पोखरा ।  ‘घरको मालिक परदेशमा गएको,                धेरै भयो केही खबर नपाको    …
  • अभिनेता एकै किसिमको भूमिकामा सीमित हुनु हुँदैन : अभिनेता आचार्य   

    आदर्श समाज सम्वाददाता फागुन २८, २०८०
    काठमाडौं ।  गत वर्ष प्रदर्शन भएको नेपाली चलचित्र ‘महापुरुष’ मार्फत अभिनेता हरिवंश आचार्य नेपाल सरकारकोतर्फबाट अभिनेतालाई प्रदान गरिने राष्ट्रिय चलचित्र…

hero news full width