मानसीलाई मिस तामाङ उपाधि

आदर्श समाज सम्वाददाता
माघ १५, २०७८
miss tamang

पोखरा । छैटौं मिस तामाङको उपाधि मानसी तामाङले जितेकी छन् । पोखरा रानीपौवाकी उनले शनिबार ग्राण्ड फिनालेमा उत्रिएका अन्य ९ प्रतियोगीलाई पछि पार्दै उपाधिसहित १ लाख पुरस्कार हात पारिन् । बेस्ट स्माइलसमेत बनेकी उनले उपाधिसहित म्युजिक भिडियो अवसर तथा आकर्षक गिफ्ट हयाम्पर पाइन्।

यस्तै, फस्ट रनर अप आशिका तामाङ बनेकी छन् । उनले विधागत अर्गनाइज्डको उपाधि समेत आफ्नै पोल्टामा पारिन् । सेकेन्ड रनर अप पूजा तामाङ भइन् । फस्ट र सेकेन्ड रनर अपले पुरस्कार स्वरुप क्रमशः ५० हजार र ३० हजार प्राप्त गरेका छन्।

भ्युअर च्वाइस उपाधि जितेकी पेमा तामाङ मिस ट्यालेन्टसमेत भइन् । उनले २० हजार पुरस्कार प्राप्त गरेकी छन् । यसैगरी, मिस कन्फिडेन्ड कृस्टि तामाङ, हेयर ऋतिका तामाङ, ग्रेसफुल जीया तामाङ, फोटोजेनिक रेखा तामाङ, मिस पपुलर पूजा तामाङ, बेस्ट वाक मनीषा तामाङ, मिस फेन्डली सिर्जना तामाङ भएको प्रचार संयोजक सञ्जयकुमार मल्लले जानकारी दिए।

विजेताले उपाधिसहित १ लाख पुरस्कार

प्रतियोगिताको प्रमुख निर्णायक जेसिआई बल्र्डका पूर्व उपाध्यक्ष राजु केसीले फाइनिस्टलाई ‘जलवायु परिवर्तनले आदिवासी जनजातिलाई परेको प्रभाव’ बारेमा लिखित जवाफ सोधेका थिए । जसमा मानसीको जवाफले निर्णायकको मन जितेको हो । अन्य निर्णायक मिस तामाङ वल्र्ड–२०२१ विजेता स्याङ्डोमा ब्लोन तामाङ र जोन्टा क्लबका उपाध्यक्ष मोनिका थापा थिए।

कुशल सञ्चारकर्मी एवं कार्यक्रम संयोजक सञ्जयकुमार मल्लसहित राम लामा, डोल्मा लामा, दीप्ति गोम्जा, उमा तामाङले कार्यक्रम सञ्चालन गरेका थिए । गुम्बा संरक्षण सहयोगार्थ बैदाम तामाङ सेवा समाजले सो ब्युटी पेजेन्ट गरेको हो। समाजका अध्यक्ष ज्याक तामाङको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख आतिथ्य नेपाल तामाङ घेदुङका पूर्व अध्यक्ष धनप्रसाद तामाङले गरेका थिए।

कोरोना प्रभावका कारण आयोजकले भर्चुअल रुपमा सो कार्यक्रम गरेको थियो । आयोजक, प्रतियोगी, तिनका परिवार, केही संघसंस्थाका प्रतिनिधिसहित सीमित मानिसको उपस्थितिमा बिजिबी रिसोर्टमा कार्यक्रम भएको हो ।
गोर्खा ब्रुअरीको मुख्य प्रायोजनमा भएको प्रतियोगिताको न्युज नेपाल टेलिभिजनले प्रत्यक्ष प्रसारण गरेको थियो ।

मिस तामाङ अघिल्ला संस्करणबाट नीमा लामा, दीप्ति गोम्जा, कविता योञ्जन, कुशुम स्याङ्वो तामाङ र शशिकला तामाङले ताज पहिरिन सफल भइसकेका छन्।

Related News

सम्बन्धित समाचार

  • २८ वैशाखदेखि फिल्म ‘खजुरे ब्रो’

    आदर्श समाज सम्वाददाता वैशाख २१, २०८१
    पोखरा । कमेडी नेपाली फिल्म ‘खजुरे ब्रो’ यही २८ वैशाखदेखि प्रदर्शनमा आउँदैछ । सुरज सुनुवार निर्देशित यो फिल्मको प्रचारका लागि…
  • स्मृतिहरु नै बेचिन थालेपछि…

    आदर्श समाज सम्वाददाता वैशाख १०, २०८१
    पोखरा । ‘म गीता छोएर भन्न सक्छु, सम्झना भन्ने केटीसित मेरो जीवनकालमा कतै भेट भएकै छैन,’ नाटकको मुख्यपात्र (लक्ष्मण डुम्रे)…
  • ‘मनसरा’ बाट आशावादी मिरुना

    आदर्श समाज सम्वाददाता वैशाख ८, २०८१
    पोखरा । बहुप्रतिक्षित नेपाली फिल्म ‘मनसरा’ २१ वैशाखदेखि प्रदर्शन तयारी छ । फिल्म लेखक तथा निर्देशक उपेन्द्र सुव्वा फिल्म युनिटसहित…
  • पाइन खबर साँझमा हरिदेवीका गीत

    आदर्श समाज सम्वाददाता चैत्र ९, २०८०
    पोखरा ।  ‘घरको मालिक परदेशमा गएको,                धेरै भयो केही खबर नपाको    …
  • अभिनेता एकै किसिमको भूमिकामा सीमित हुनु हुँदैन : अभिनेता आचार्य   

    आदर्श समाज सम्वाददाता फागुन २८, २०८०
    काठमाडौं ।  गत वर्ष प्रदर्शन भएको नेपाली चलचित्र ‘महापुरुष’ मार्फत अभिनेता हरिवंश आचार्य नेपाल सरकारकोतर्फबाट अभिनेतालाई प्रदान गरिने राष्ट्रिय चलचित्र…

hero news full width