पोखरा । पोखरा १७, हिमाली टोलमा कार्यालय रहने गरी स्थापित मानशा बहुउद्देश्यीय सहकारी संस्थाले विहीबारदेखि कारोबार शुभारम्भ गरेको छ ।
पोखरा १७, २१ र २२ कार्यक्षेत्र रहेको उक्त सहकारीको बिहीबार पोखरा २१ का वडाध्यक्ष खगराज आचार्यले उद्घाटन गरे । उनले आफ्नो वडाबासी लक्षित गरी स्थापित सहकारीले उद्देश्यमा सफलता प्राप्त गर्ने विश्वास लिंदै वडाबासीको हितमा र सहज सेवा प्रदान गर्न सुझाए । आचार्यले सहकारीलाई नाफामुखीभन्दा सेवामुखी बनाउन सुझाव दिंदै युवाको टिम भएकाले चाँडै गति लिने विश्वास व्यक्त गरे ।
संस्थाका अध्यक्ष गोविन्द देवकोटाले पोखराका ३ वडामा केन्द्रित रहने सहकारीले विभिन्न परियोजनामार्फत् रोजगारी र उत्पादनमा संलग्न हुने जानकारी दिए । सहकारीले पोखरा २१ मा टपरी उद्योग र डेरी उद्योगको योजना समेत अगाडि बढाएको उनले जनाए ।
कार्यक्रममा पोखरा १७ का वडा सदस्य तथा पोखरा महानगरपालिका सहकारी विभागकी सदस्य राधिका शाही योगी र मयुर बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष मीनराज खड्काले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा स्वागत संस्थाका उपाध्यक्ष छवि पनेरु र संचालन सचिव रमेश बास्तोलाले गरेका थिए । कार्यक्रम संयोजन कोषाध्यक्ष प्रकाश सुवेदीले गरेका हुन् ।
सहकारीको सेवा शुभारम्भ अवसरमामा रक्तदान कार्यक्रममा १८ जनाले रक्तदान गरे । वडाध्यक्ष आचार्यले सहकारीका सल्लाहकार शिवप्रसाद सापकोटालाई व्लड ब्याग हस्तान्तरण गरी कार्यक्रम उद्घाटन गरेका थिए ।
Related News
सम्बन्धित समाचार
कृष्ण भुजेललाई सहिद घोषणा गर्न माग
सोंपाल समाजको ९ लाख सहयोग
चलचित्र पत्रकार संघको वार्षिकोत्सवमा क्यालेन्डर विमोचन
५ रुपैयाँ प्रति किलो काक्रो
पोखरा महानगरको प्रमुखमा गठबन्धन र उपप्रमुखमा एमालेको अग्रता
hero news full width
मुख्य समाचार
कास्कीकाे अन्नपूर्ण गाउँ पालिकाले स्वास्थ्य विमामा ५० प्रतिशत बेहोर्ने
होटल संघ गण्डकीमा हरिप्रसाद शर्मा
जेठ ९, २०७९युवा उद्यमी मञ्च पोखरा अध्यक्षमा सुयस मल्ल
जेठ ९, २०७९आमाको प्रेरणाले समाजसेवामा लागें : पूर्व मेजर डिलबहादुर
जेठ ९, २०७९पोखरा मतगणना: धनराज र मञ्जुको अग्रता कायमै
जेठ ९, २०७९नौमती बाजाः जीतको पर्याय
जेठ ९, २०७९