राष्ट्रिय सभाको चुनामा फ्लोर क्रस गर्नेलाई सम्बन्धित दलले कारवाही गर्ने

आदर्श समाज सम्वाददाता
माघ १३, २०७८
20220127_174441

पोखरा । राष्ट्रिय सभाको निर्वाचन अन्तर्गत गण्डकी प्रदेशमा बुधबार भएको मतदानमा फ्लोर क्रस गर्ने मतदाताको पहिचान गरी सम्बन्धित दलले कारवाही गर्ने भएको छ ।

निर्वाचनका सन्दर्भमा बिहीबार पोखरामा बसेको ५ दलीय गठबन्धनको बैठकले फ्लोर क्रस हुने गम्भीर विषय रहेको भन्दै यसलाई पत्ता लगाउने र कारवाही गर्ने जिम्मा सम्बन्धित दललाई नै दिएको हो ।

बैठकको निर्णयमा भनिएको छ, ‘निर्वाचनको समीक्षाका सन्दर्भमा हाम्रो पक्षमा गम्भीर कमीकमजोरी रहन गएको हुँदा आ–आफ्नो पार्टीमा छलफल गरी यसलाई अनुशासनको विषयवस्तु बनाउने पनि निर्णय ग¥यो ।’

बिहीबार भएको मतदानमा २ जना प्रदेश सभा सदस्यले गठबन्धनभन्दा बाहिर गएर एमालेका उम्मेदवारलाई मतदान गरेका थिए । यसैगरी स्थानीय तहका ५ मतदाताले पनि फ्लोर क्रस गरेका थिए । यद्यपि परिणाम भने गठबन्धनकै पक्षमा आएको छ ।
बैठकले गठबन्धनको आवश्यकता र औचित्यतालाई थप पुष्टी गर्दै प्रजातन्त्र÷लोकतन्त्र र संविधानको रक्षाका लागि गठबन्धनलाई निरन्तरता दिनुपर्ने पनि निश्कर्ष निकालेको छ ।

राष्ट्रिय सभाको निर्वाचनमा गठबन्धनका उम्मेदवारहरु सुरेश आलेमगर, कमला पन्त, भुवनबहादुर सुनार शानदार ढंगमा विजयी भएकोमा उनीहरुमा बैठकले हार्दिक बधाई तथा सफल कार्यकालका लागि शुभकामना व्यक्त गरेको छ ।
राष्ट्रिय सभाका निर्वाचनमा आफ्ना उम्मेदवारहरुलाई विजयी बनाउन मेहनतपूर्वक लाग्ने नेता, कार्यकर्ता, मतदाता एवं आम जनतालाई बैठकले धन्यवाद दिने निर्णय गरेको छ । साथै निर्वाचन सम्पन्न गर्न प्रत्यक्ष वा अप्रत्यक्षरुपमा संलग्न हुनुहुने सबै निकायहरुलाई हार्दिक आभारसहित धन्यवाद् व्यक्त गरिएको छ ।

निर्वाचित तिनै जनालाई देश जनता, प्रजातन्त्र÷लोकतन्त्र र संविधानको पक्षमा दृढतापूर्वक उभिन बैठकले हार्दिक अनुरोध समेत गरेको छ । बैठकमा कांग्रेस प्रदेस सभापति शुक्रराज शर्मा, माओवादी केन्द्र प्रदेश अध्यक्ष गायत्री गुरुङ, नेकपा (एकीकृत समाजवादी) पोलिटब्युरो सदस्य एवं गण्डकी प्रदेश सचिव प्रतापलाल श्रेष्ठ, राष्ट्रिय जनमोर्चा गण्डकी प्रदेश समिति अध्यक्ष शंकर बराल, जनता समाजवादी पाटी गण्डकी प्रदेश समिति उपाध्यक्ष हेमबहादुर थापासहित अन्य प्रतिनिधि सहभागी थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width