खास्टे र न्यूरेनी ताल सफाइ

आदर्श समाज सम्वाददाता
माघ ११, २०७८
khasta sarshaffi

लेखनाथ । खास्टेताल मत्स्य तथा कृषि सहकारी संस्थाले आफ्नो छैटौं स्थापना दिवस अवसरमा ताल वरपर सरसफाइ गरेको छ ।
तालको प्राकृतिक सुन्दरता नबिगारी आयआर्जनका लागि माछापालन गर्दै आएको सहकारीले सामाजिक उत्तरदायित्वअन्तर्गत सोमवार पोखरा २६ मा रहेका खास्टे र न्यूरेनी ताल वरपर सरसफाइ गरेको हो ।
पर्यटन आकर्षण गर्न सरसफाइ महत्वपूर्ण भएको भन्दै सकारीले वातावरण सचेतनामूलक नारासहित ताल वरपर भएका फोहोरजन्य पदार्थ संकलन गरी व्यवस्थापन गरेको हो ।
कार्यक्रममा सहकारी अध्यक्ष हरिप्रसाद अधिकारीले ताल मानवीय अतिक्रमण र वातावरणीय प्रदूषण हुनबाट बचाइराख्न सबैको साथ सहयोग आवश्यक रहेको बताए । उनले तालमा घुम्न आउने जोसुकैले पनि आफूले गरेको फोहोर आफैले व्यवस्थापन गर्न पनि सबैमा अनुरोध गरे ।
सहकारीअन्तर्गत र ताल संरक्षण समितिका पदाधिकारी तथा सेयर सदस्यको सहभागिता रहेको कार्यक्रममा खास्टे तालवाराही मन्दिर हुँदै खास्टे र न्यूरेनी ताल वरपर सरसफाइ गरेको हो ।

Related News

सम्बन्धित समाचार

hero news full width