पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई कोरोना संक्रमण

आदर्श समाज सम्वाददाता
माघ ९, २०७८
prime minister kp oli

पोखरा । पूर्व प्रधानमन्त्री एवं प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई कोरोना संक्रमण भएको छ ।

केही दिनदेखि ओलीको स्वास्थ्यमा असहजता देखिएपछि शनिबार टेष्ट गर्दा कोरोना देखिएको हो । उनकी पत्नी राधिका शाक्यलाई पनि संक्रमण देखिएको जनाइएको छ । हाल ओली दम्पती बालकोटस्थित आफ्नै निवासमा स्वास्थ्यलाभ गरिरहेका छन् । कोरोना संक्रमित भएसँगै पूर्व निर्धारित सबै कार्यक्रम स्थगित भएका छन्।

Related News

सम्बन्धित समाचार

hero news full width