पोखरा । उपकार बचत तथा ऋण सहकारी संस्था पोखरा–६, बैदामको शुक्रबार १३ औं वार्षिकोत्सव अवसरमा रक्तदान कार्यक्रम भएको छ । कार्यक्रममा ४२ जनाले रक्तदान गरे ।
यस्तै, सहकारीले फेवाताल संरक्षणमा योगदान पुर्याउने २ संस्थालाई ५ हजार रुपैयाँ नगद सहित सम्मान गर्यो । सम्मानित संस्थामा फेवाताल संरक्षण पहल प्रवासी नेपाली मञ्च र प्रोजेक्ट नेचर नेपाल रहेका छन् ।
कार्यक्रममा पोखरा–६ का वडा सदस्य हरिकृष्ण पहारीले सम्मानपत्र प्रदान गरेका थिए । उनले सहकारीबाट ताल संरक्षणमा हौसला प्रदान गर्दै सम्मान कार्य भएकोमा बधाई ज्ञापन गरे ।
नेपाल रेडक्रस सोसाइटी कास्कीमा उपसभापति डण्डराज शर्माले रक्त अभाव सदा अड्किरहने भन्दै कोरोना महामारीबीच अरु कार्यक्रम रोकिए पनि रक्तदान कार्यक्रम रोक्न नमिल्ने बताए ।
स्वतन्त्र पत्रकार संघ नेपालका संस्थापक अध्यक्ष कृष्णप्रसाद बास्तोला, संस्थाका सल्लाहकार फत्तबहादुर हिस्की, फेवाताल संरक्षण पहल प्रवासी नेपाली मञ्चका अध्यक्ष धर्मराज पहारी, प्रोजेक्ट नेचर नेपालका सदस्य सन्तोष बराल लगायतले मन्तव्य राखेका थिए ।
२०६५ सालमा स्थापना भएको उपकार सहकारीका ३ हजार ७ सय २६ सदस्य छन् । संस्थाको पुस मसान्तसम्म निक्षेप ३३ करोड ९३ लाख ४४ हजार, कर्जा ३९ करोड ९३ लाख ८ हजार र नाफा १ करोड १ लाख ८३ हजार रहेको व्यवस्थापक विश्व घिमिरेले जानकारी दिए ।
यसैगरी संस्थाले वार्षिकोत्सव अवसरमा तालवाराही माविका ११ जना जेहेनदार विद्यार्थीलाई झोला, स्विटर र स्टेसनरी सामग्री वितरण गरिएको थियो ।
संस्थाका अध्यक्ष सूर्यनाथ पहारीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा उपाध्यक्ष तथा कार्यक्रम संयोजक दुर्गा पहारीले स्वागत र सहसचिव कृष्णकुमारी घिमिरे पौडेलले सञ्चालन गरेकी थिइन् ।
Related News
सम्बन्धित समाचार
आकस्मिक रक्तदानमा ५३ युनिट रगत
गोरखा र बागलुङका ४ विद्यालयमा कम्प्युटर ल्याब
चिल्ड्रेन नेपालको उद्घोषणकला तालिम
ज्येष्ठ नागरिकलाई स्वास्थ्य बिमामा ५० प्रतिशत छुट
पढ्न वञ्चितलाई निशुल्क भर्ना
hero news full width
मुख्य समाचार
पूर्वपदाधिकारीलाई सुविधा दिन लागिएपछि पाँचदलीय गठबन्धनबाटै विरोध
गण्डकीको बजेट सिद्धान्त ‘मनचिन्ते झोलीजस्तो’
जेठ १४, २०७९पोखरालाई पर्यटकीय राजधानी घोषणामा जोड
जेठ १३, २०७९पूर्वडीआईजी रञ्जन कोइरालाको कैद घटाउने आफ्नै आदेश सर्वोच्चले उल्ट्यायो
जेठ १२, २०७९यस्ताे छ गण्डकी प्रदेशकाे आगामी आवकाे बजेटकाे सिद्धान्त र प्राथमिकता
जेठ १२, २०७९काे हुन् पाेखराका मेयर धनराज आचार्य ?
जेठ १२, २०७९