‘कोभिड-१९ को नयाँ भेरियन्टलाई सामान्य ठान्नु भ्रम’

आदर्श समाज सम्वाददाता
माघ ५, २०७८
1586397625who

पाेखरा ।  विश्व स्वास्थ्य संगठनका प्रमुखले कोभिड-१९ को नयाँ भेरियन्टलाई सामान्य ठान्नु भ्रम रहेको बताएका छन् । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का महानिर्देशक डा. टेड्रोस एडानोम गेब्रेयससले जेनेभामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नयाँ ओमिक्रोनलाई सामान्य भेरियन्ट ठान्नु भ्रम रहेको बताएका हुन् । ओमिक्रोनले कोरोना भाइरसबाट उत्पन्न जोखिम अन्त्य गरेको ठान्नु समेत गलत रहेको उनको भनाइ थियो ।

ओमिक्रोन भेरियन्ट अन्य भेरियन्टभन्दा कम घातक हुन सक्ने भए पनि यसलाई नजरअन्दान गर्न नहुने गेब्रेयससको भनाइ थियो । ‘यो सामान्य रोग हो भन्ने कथ्य भ्रमपूर्ण छ’ उने भने, ‘ओमिक्रोनका कारण मानिसहरू अस्पताल भर्ना भइरहेका छन् भने मृत्यु पनि भएको छ र सामान्य संक्रमणबाटै स्वास्थ्य केन्द्रमा अत्यधिक भीडभाड भएको छ ।’ गेब्रेयससले संसारभर ओमिक्रोनको अस्वभाविक वृद्धिसँगै नयाँ भेरियन्ट देखिन सक्ने भन्दै तत्काल कोभिड महामारी अन्त्य नहुने चेतावनीसमेत दिएका छन्।

Related News

सम्बन्धित समाचार

hero news full width