स्थानीय तहको चुनाव वैशाखमै गर्न सत्ता गठबन्धनका नेताहरु सहमत

आदर्श समाज सम्वाददाता
माघ ४, २०७८
parties

पोखरा । सत्ता गठबन्धनका नेताहरु स्थानीय तहको निर्वाचन वैशाखमै गर्न सहमत भएका छन्।

प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बिहान बसेको बैठकमा आसन्न स्थानीय तहको निर्वाचनको विषयमा छलफल भएको थियो । छलफलपछि सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले निर्वाचन समयमै सम्पन्न गर्न आफूहरु सहमत भएको संचारकर्मीलाई जानकारी दिए । यस विषयमा थप गृहकार्य गरेर बिहीबार फेरि बैठक बस्ने उनको भनाइ छ । बिहीबार नै मन्त्रिपरिषदको नियमित बैठक पनि हुने भएकाले सो बैठकबाट मिति तोकिन सक्ने अनुमान छ।

निर्वाचन आयोगले आगामी वैशाख १४ र २२ गते स्थानीय तहको निर्वाचन गर्नुपर्ने सुझाव सरकारलाई दिएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width