राजुकमारको ह्याट्रिकमा आयोजक बगर भाइखलककाे दोस्रो जीत

प्रतियोगिता अन्तर्गत तेस्रो दिन ८ खेल सम्पन्न

आदर्श समाज सम्वाददाता
पौष २८, २०७८
bagar

पोखरा । पोखरामा जारी जारी ‘बगर भाइखलक एट–ए–साइड अन्तर्राष्ट्रिय भेट्रान्स फुटबल प्रतियोगिता’मा आयोजक टिम बगर भाइखलकले राजकुमार गुरुङको ह्याट्रिकमा लगातार दोस्रो जीत दर्ता गरेको छ ।

४० देखि ६५ वर्ष उमेर समूहका पाका खेलाडीहरुको खेलबाट नयाँ पिँढीलाई खेलकुदप्रति अभिरुची जगाइ खेलाडी उत्पादन गर्ने लक्ष्यका साथ सुरु भएको प्रतियोगिता अन्तर्गत तेस्रो दिनको खेलमा आयोजक टिमले वालिङ भेट्रान्स स्याङ्जा माथि ५–० गोलले जीत निकाल्दै क्वाटरफाइनलमा स्थान पक्का गरेको हो । उक्त खेलमा ह्याट्रिक गर्ने आयोजक टिमका राजकुमार म्यान अफ दि म्याच हुँदै आकर्षक ट्रफी हात पारे ।

‘स्वास्थ्यको लागि एक घन्टा व्यायाम, नागरिकहरुका लागि नौलो आयाम’ भन्ने मूल नाराका साथ सुरु प्रतियोगिता अन्तर्गत तेस्रो दिन ८ खेल सम्पन्न भए । जसअन्तर्गत बुटवल भेट्रान्सले हेटौंडा निलोमाथि ५–० ले जीत निकालेको छ । उक्त खेलमा अमित गुरुङले ह्याट्रिक गर्दै म्यान अफ दि म्याच घोषित भए । अर्को खेलमा हेटौंडाको नागसोती भेट्रान्स पोखरा भेट्रान्स माथि ५–४ गोलले विजयी भएको छ । उक्त खेलमा निर्धारित समयमा दुवै टिमबाट गोल हुननसक्दा खेल टाइब्रेकरमा पुगेको थियो । उक्त खेलमा नागसोतीका किपर सञ्जिव खड्गी म्यान अफ दि म्याच घोषित भए ।
भनिमण्डल ललितपुर र पशुपति भेट्रान्स बीचको खेलमा समेत निर्धारित समयमा गोल नभएपछि टाइब्रेकरमा भनिमण्डल ५–४ ले भाग्मानी हुँदै दोस्रो चरणमा प्रवेश गरेको छ ।

यता पोखराको एबिसी भेट्रान्सले पाहुना टोली काठमाडांै फ्रिडम फाइटरलाई ४–० ले स्तब्ध पारेको छ । उक्त खेलमा एबिसीका महेन्द्र गुरुङ म्यान अफदि म्याचको पुरस्कार हात पार्दा खुमलटार काठमाडौंले सानो गौचरनमाथि २–० को जीत निकालेको छ । उक्त खेलमा राजकुमार घिसिङ म्यान अफ दि म्याच भए । अन्य दुई खेलमा टिबर्गर ललितपुर र हेटौंडा रातो विजयी बनेको छ । बर्गरले चितवनमाथि २–० र हेटौंडाले पोखरा २० माथि ३–१ ले जीत निकालेका छन् । ती खेलमा हेटांैडाका तोयाराम भुजेल र टिबर्गरका राजकुमार केसी म्यान अफ दि म्याच भएका छन् ।

भेट्रानहरुको संस्थागत रुपमा नेपालमै पहिलो पटक सुरु भएको प्रतियोगितामा प्रतियोगितामा उपाधि विजेताले १ लाख ५१ हजार १ सय १ सय ११ सहित रनिङ सिल्ड, पदक र प्रमाणपत्र, उपाविजेताले नगद ७५ हजार ५ सय ५५ सहित ट्रफी, पदक र प्रमाणपत्र प्राप्त गर्ने संस्थाका अध्यक्ष दिलबहादुर गुरुङले जनाएका छन् ।

त्यस्तै उत्कृष्ट गोल किपर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर र उत्कृष्ट फरवार्डलाई ट्रफीसहित जनही नगद ५ हजार दिइने छ भने सेमिफाइलन पुग्ने २ टिमलाई जनही नगद १० हजार उपलव्ध गराइनेछ । साथै सर्वोत्कृष्ट खेलाडीलाई ट्रफी सहित नगद १० हजार प्रदान गरिनेछ ।

Related News

सम्बन्धित समाचार

hero news full width