पोखरा । नेकपा एमाले कास्कीको १० औं जिल्ला अधिवेशनबाट मनबहादुर गुरुङ निर्वाचित भएका छन् । उनले अध्यक्षका प्रत्यासी दामोदर बैरागीलाई ४९ मतअन्तरले पराजित गर्दै आगामी कार्यकालका लागि निर्वाचित भएका हुन् ।
चुनावमा एमाले उपमहासचिव एवं गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङको साथ लिएर चुनाव लडेका मनबहादुर यसअघि जिल्लाको कार्यवाहक अध्यक्षको भूमिकामा थिए । अध्यक्षमा निर्वाचित गुरुङले कुल खसेको ८ सय ९५ मतमा ४ सय ५६ प्राप्त गर्दा बैरागीले ४ सय ७ मत ल्याएको निर्वाचन समितिले जनाएको छ ।
सर्वसम्मत्को प्रयास असफल भएपछि मंगलबार मतदान भएको थियो । मतदानमा गुरुङ र बैरागी २ प्यानलसहित चुनावमा भिडेका हुन् । बैरागीलाई एमालेका संगठन विभाग प्रमुख एवं पूर्व मन्त्री खगराज अधिकारीको समर्थन थियो ।
यसैगरी, उपाध्यक्षमा तेजनारायण अधिकारी निर्वाचित भए । उनले उपाध्यक्षका प्रत्यासी प्रभा कोइरालालाई मात्र ८ मतले पराजित गर्दै निर्वाचित भएका हुन् । अधिकारीले ४ सय २१ मत ल्याएका थिए। सचिवमा वैनबहादुर अधिकारी ४ सय ७५ मतसहित निर्वाचित हुँदा उपसचिवमा दर्शन लामा र नवराज ओझा निर्वाचित भए । अध्यक्ष र उपाध्यक्षबाहेक सचिव र उपसचिव बैरागी प्यानलका हुन्।
समावेशी एवं भूगोलतर्फ केही सदस्यहरु निर्विरोध भइसक्दा खुलातर्फको मतगणनाको अन्तिम परिणाम आउन बाँकी छ। एमाले कास्कीको अधिवेशन गत शुक्रबारदेखि पोखरा सभागृहमा सुरु भएको हो।
Related News
सम्बन्धित समाचार
त्रासैत्रासमा तंग्रिदै कागबेनी
१३ वटा मुद्दा चलेका एक युवा पोखराबाट अटोमेटिक पेस्तोलसहित पक्राउ
कतारी अमिर स्वेदश फिर्ता : पोखरा–कतार उडान माग
मानवअधिकार आयोगसमक्ष द्वन्द्वपीडित समुदायको ज्ञापन
कास्कीमा एसइई उत्तरपुस्तिका परीक्षण रोकियो
hero news full width
मुख्य समाचार
मनिपालमा अत्याधुनिक एमआरआई मेसिन
गण्डकीमा डायलाइसिसका लागि अब पालो कुर्न नपर्ने
वैशाख १२, २०८१स्वदेश फर्किए कतारी अमिर
वैशाख १२, २०८१कतारका अमिरको भ्रमणसम्बन्धी खबर प्राथमिकतामा, विपिनको रिहाइ ‘मुख्य विषय’
वैशाख १२, २०८१रोजगार खोज्दै मेलामा
वैशाख १२, २०८१कतारी अमिरलाई ‘रुद्रकली’ र ‘खगेन्द्रप्रसाद’ !
वैशाख ११, २०८१