कोरोना प्रभावले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भिजिटर पास बन्द

आदर्श समाज सम्वाददाता
पौष २७, २०७८
tirbhuwan-airport

पोखरा । कोरोना भाइरसको बढ्दो महामारीका बीच त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले भिजिटर पास वितरण बन्द गरेको छ । अति नै जरुरी अवस्थामा बाहेक भी पास उपलब्ध नहुने निर्णय भएको कार्यालयले सूचनामार्फत जनाएको हो।

यस्तै, विमानस्थल कार्यालयले विमानस्थलमा स्थान सीमितताका कारण भिडभाडले कोरोनाको जोखिम बढेको भन्दै जरुरी अवस्थामा बाहेक बिदाइ र स्वागतका लागि विमानस्थल नआउन समेत सर्वसाधारणमा अनुरोध गरेको छ।

यसअघि पनि कार्यालयले स्वागत र बिदाइमा विमानस्थलमा नआउन आह्वान गरिरहेको छ तर मानिसको भिडभाड नघटेपछि कार्यालयले फेरि पनि यस्तो आह्वान गरेको छ । नेपाल र छिमेकी मुलुकमा समेत कोरोना फैलिएको भन्दै यसबाट बच्न मापदण्ड पालना गर्न भनिएको छ।

Related News

सम्बन्धित समाचार

hero news full width