पोखरा । महिला उद्यमी संघ नेपाल कास्कीले सातौं साधारण सभा अवसरमा कानुनी एवं बैंकिङ साक्षरता कार्यक्रम गरेको छ ।
कार्यक्रममा प्रतिनिधि सभा सदस्य विद्या भट्टराईले महिला उद्यमीका नीतिगत मुद्दा सुल्झाउन आफू सदैव लागिरहने बताइन् । उनले वास्तविक उद्यमी उत्पादन गर्नु आजको आवश्यकता हो भनिन् ।
कार्यक्रममा संस्थापक अध्यक्ष एवं प्रदेशसभा सदस्य मीना गुरुङ, पोखरा उद्योग वाणिज्य संघकी शोभा गौतम, उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेश अध्यक्ष सञ्जीवबहादुर कोइराला, मेगा बैंककी बुद्धलक्ष्मी श्रेष्ठ, शिवबहादुर कार्कीलगायतले सहजीकरण गरेका थिए । संस्थाका कानुनी सल्लाहकार अधिवक्ता बिनाका शर्माले कानुनी विषयमा जानकारी दिइन् ।
संघ अध्यक्ष पार्वती पौडेल रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा महासचिव एलिना बराल तथा कोषाध्यक्ष चन्द्रा शर्माको प्रतिवेदन सर्वसम्मत पारित भएको थियो । सो अवसरमा निवर्तमान अध्यक्ष काशी गुरुङ तथा अध्यक्ष पार्वती पौडेल रेग्मीलाई सम्मान गरिएको थियो । अध्यक्ष रेग्मी महासंघको १८ औं साधारण सभाबाट केन्द्रीय सदस्य हालैमात्र निर्वाचित भएकी थिइन् । यस्तै, महासंघका ५७ जिल्लामध्ये कास्की शाखा सो अवसरमा तेस्रो उत्कृष्ट भएको थियो ।
मीना प्रधान तथा बालकुमारी गुरुङको संयोजकत्वमा भएको कार्यक्रमको सञ्चालन प्रथम उपाध्यक्ष प्रतिभा गैह्रेले गरेकी थिइन् । अस्ट्रेलिया नेपाल बिजनेस काउन्सिल कमिटी (एनआरएनए) को आर्थिक सहयोगमा भएको कार्यक्रममा १ सयजना जति सहभागी थिए ।
Related News
सम्बन्धित समाचार
प्लाष्टिकमुक्त नगर अभियानमा सहयात्री सहकारी
बहुउद्देश्यीय सामाजिक भवन निर्माण
बागलुङ–पोखरा मगर समाजमा गजेन्द्र
सगरमाथामा विद्यार्थी स्वागत एवं सम्मान
प्रेस सेन्टर पदाधिकारीको सम्मान
hero news full width
मुख्य समाचार
राष्ट्रपति भण्डारी अन्नपूर्ण केबलकारमा, पोखराका मेयर आचार्यले गरे चुनावको ब्रिफिङ
गोरखा भूकम्पको ७ वर्ष : पीडित राख्ने भवन भएन पूरा
श्रावण ३१, २०७९भ्रष्टाचार उजुरीमा कास्कीका सबैभन्दा बढी
श्रावण ३१, २०७९राष्ट्रपति भण्डारी पोखरामा, दिनभर भेटघाटमा व्यस्त
श्रावण ३०, २०७९राष्ट्रपति भण्डारी आज पोखरा आउँदै, भोलि दिउँसाेमात्र फर्कने
श्रावण ३०, २०७९नागरिकता विधेयक फिर्तापछि तरंग
श्रावण ३०, २०७९