एघारौं पोखरा महोत्सवको तयारी पूरा

आदर्श समाज सम्वाददाता
पौष २६, २०७८
pokhara mahotsavs

पोखरा । एघारौं पोखरा महोत्सवको तयारी पूरा भएको छ । युनाइटेड क्लबको आयोजनामा आगामी पुसको २८ देखि माघको ९ गतेसम्म पोखराको अमरसिंह चौरमा आयोजना हुने एघारौं संस्करणको पोखरा महोत्सवको सम्पूर्ण तयारी पूरा भएको पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिइयो । पत्रकार सम्मेलनमा युनाइटेड क्लबका अध्यक्ष तथा एघारांै पोखरा महोत्सव मूल आयोजक समारोह समितिका संयोजक राजु श्रेष्ठले महोत्सवको तयारी पुूा भएको बताएका हुन । कोरोना महामारीको विषम परिस्थितिलाई मध्यनजर गरी स्वास्थ्यको मापदण्ड पूर्ण रुपमा पालना गरी महोत्सव सञ्चालन गरिने बताए ।
्महोत्सवमा अनिवार्य मास्क र प्रयाप्त मात्रामा सेनिटाइजरको व्यवस्थासँगै थर्मल गनबाट ज्वरो चेक गरी प्रवेश दिइने उनको भनाइ रहेको थियो । दर्शकहरुलाई महोत्सवमा भौतिक दूरी कायम गराइने बताउँदै महोत्सवमा आउने दर्शकहरुले लाइन नबसिकन घरमै बसेर टिकट काटेर आउनसमेत आग्रह गरे ।
माघ ९ गतेसम्म सञ्चालन हुने महोत्सवमा विद्यालय स्तरीय लोकनृत्य प्रतियोगिता, ख्यातिप्राप्त लोकदोहोरी कलाकारहरुको प्रस्तुतिसँगै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ब्यान्डहरुद्धारा लाईभ कन्सर्ट हुने महोत्सव प्रचारप्रसार संयोजक शान्तबहादुर थापाले जानकारी दिए । महोत्सवमा लोकदोहोरीतर्फ पुरुषोत्तम न्यौपाने, प्रीति आले, प्रकाश सपुत, राजु गुरुङ, रामजी खाँड, पशुपति शर्मा, बद्री पंगेनी, राजु परियार, विष्णु खत्री, प्रजापति पराजुली, जीवन दाहाल, चोलेन्द्र सहित स्थानीय कलाकारहरु रहनेछन् । साँझको पप तथा लाईभ कन्सर्ट तर्फ भिटेन, मेलिना राइ, दिनेश ढकाल, छेवाङ लामा, सविन राइ एन्ड फारोह ब्यान्ड, अभय एन्ड स्टीम इन्जिन्स, झिल्के एन्ड द कम्पनी, ए एस एम, लेकाली ब्यान्ड तथा लोकल ब्यान्डहरुको प्रस्तुति रहने प्रचारप्रसार संयोजक थापाले बताए ।
महोत्सवमा २ सय ४७ वटा स्टलहरु रहने छन् भने महोत्सवमा २ लाख ५० हजार दर्शकले अवलोकन गर्ने अनुमान गरिएको छ । महोत्सवले देशको कला, संस्कृति, भेष–भुषाको संरक्षणमा टेवा पु¥याउने, शिक्षा, स्वास्थ्य, खेलकुद तथा पर्यटनको विकास गरी देशलाई समृद्धि तिर पु¥याउने, विकसित सूचना प्रविधिको जानकारी सर्वसाधारण समक्ष पु¥याउने, गण्डकी प्रदेशको पर्यटकीय स्थानको बारेमा जानकारी दिने उद्देश्य लिइएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width