पोखरा। गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले हाम्रो मुलुकमा मनाइने चाडपर्वहरुले विविध सांस्कृतिक पहिचान बोकेका समुदायबीच सद्भाव र समन्वयका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताएका छन् ।
ख्रीष्टियन समुदायको महान पर्व ख्रीष्टमसका अवसरमा शनिबार शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री पोखरेलले नेपाली समाज विविध धर्म र संस्कृतिको संगमस्थल रहेको उल्लेख गरेका छन् ।
उनले भनेका छन्, ‘स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली ख्रीस्टियन समुदायमा यस पर्वको पावन अवसरमा सुख, सुस्वास्थ्य एवं समृद्धिको शुभकामना व्यक्त गर्दछु ।’ राजनीतिक परिवर्तनसँगै नेपालको संविधानले सबै धर्म र संस्कृतिको सम्मान र धार्मिक सांस्कृतिक स्वतन्त्रतालाई अंगीकार गरेको उनले सन्देशमा उल्लेख गरेका छन् । नेपालको संविधान २०७२ ले धर्म निरपेक्षतालाई आत्मसात गर्दै जुनसुकै धर्ममा आस्था राख्ने नागरिकप्रति भेदभाव नगर्ने कुराको प्रत्याभूति संविधानले गरेको समेत सन्देशमा मुख्यमन्त्रीले जनाएका छन् ।
सन्देशमा उनले भनेका छन्, ‘दुई शतक अगाडि येशु ख्रीष्टले दिनुभएका सन्देमूलक उपदेश अझै पनि हाम्रा लागि उपयोगी छन् । यस पर्वले सबै नेपालीबीच आपसी प्रेम, वन्धुत्व, एकताको भावना बढाएर शान्त र समृद्ध नेपाल निर्माण गर्न सबैमा प्रेरणा प्रदान गर्नेछ भन्ने कामना गर्दछु ।’
Related News
सम्बन्धित समाचार
राष्ट्रपति भण्डारी अन्नपूर्ण केबलकारमा, पोखराका मेयर आचार्यले गरे चुनावको ब्रिफिङ
गोरखा भूकम्पको ७ वर्ष : पीडित राख्ने भवन भएन पूरा
भ्रष्टाचार उजुरीमा कास्कीका सबैभन्दा बढी
राष्ट्रपति भण्डारी पोखरामा, दिनभर भेटघाटमा व्यस्त
राष्ट्रपति भण्डारी आज पोखरा आउँदै, भोलि दिउँसाेमात्र फर्कने
hero news full width
मुख्य समाचार
नागरिकता विधेयक फिर्तापछि तरंग
गण्डकीको होमस्टे : पाहुना जाँदैनन्, पैसामात्रै खर्च
श्रावण ३०, २०७९ट्होटेका दिन साउन ३१ गते पाेखरामा स्थानीय बिदा
श्रावण २९, २०७९आत्महत्या रोक्न परिवारको मुख्य भूमिका
श्रावण २९, २०७९कोरोनापछि गाईजात्रा रौनक
श्रावण २८, २०७९मुखियाका गाउँमा न्यायिक समिति : पहिलो मुद्दामै मिलापत्र
श्रावण २७, २०७९