लागु औषधसहित पक्राउ

आदर्श समाज सम्वाददाता
पौष ७, २०७८
rajkot-arrest

पोखरा । स्याङ्जाको फेदीखोला २, सर्केटारी घर भै हाल पोखरा लेकसाइड बस्ने प्रदीप बिक लागु औषधसहित पक्राउ परेका छन्।

वडा प्रहरी कार्यालय गगनगौंडाले पोखरा–३०, पावरहाउस चोकस्थित पृथ्वीराजमार्ग सडक खण्डमा सवारीसाधन चेकजाँच उनको साथमा लागुऔषध बरामद गरेको हो।

उनको साथबाट लागु औषध डाइजापाम ५१ एम्पुल, फेनारगन ५१ एम्पुल र नर्फिन ५१ एम्पुल गरी १ सय ५३ एम्पुल लागु औषध, नगद ५ हजार बरामद गरिएको प्रहरीले जनाएको छ । लागु औषधसम्बन्धी कसुरमा कास्की जिल्ला अदालतबाट १० दिन म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ।

Related News

सम्बन्धित समाचार

hero news full width