कमल थापालाई हराउँदै लिङ्देन निर्वाचित

आदर्श समाज सम्वाददाता
मंसिर १९, २०७८
Rajendra_Lingdel

पोखरा, १९ मंसिर । राप्रपाको अध्यक्षमा राजेन्द्र लिङ्देन निर्वाचित भएका छन् । अध्यक्षका प्रत्यासी कमल थापालाई हराउँदै लिङ्देन विजयी भएका हुन् ।
विजयी लिङ्देनले १ हजार ८ सय ४४ मत र पराजित थापाले १ हजार ६ सय १७ मत ल्याएको निर्वाचन समितिले जनाएको छ ।

यसैबीच, पराजित भएसँगै कमल थापाले पूर्वराजा ज्ञानेन्द्र शाहमाथि आरोप लगाएका छन् । उनले सिङ्गो मुलुक गणतन्त्रमय भएको बेला शिरमा कफन बाँधेर २०६३ सालदेखि राजसंस्था बोकेर हिँडेको पुरस्कार आज पाइएको टिप्पणी गरे ।
उनले भनेका छन्, सो एजेण्डाको मुल संवाहकलाई राजनीतिक रुपमा समाप्त पार्न गरिएको चेष्टाले राजाको भलो होस् । हार्दिक शुभकामना ।’ उनले पार्टीको आन्तरिक प्रतिस्पर्धामा निर्मल निवासको नांगो हस्तक्षेप भएको चेतावनी दिए ।

Related News

सम्बन्धित समाचार

hero news full width