रनिङ सिल्डमा सेमिफाइनल समीकरण

आदर्श समाज सम्वाददाता
मंसिर १७, २०७८
madi

पोखरा । मादी गाउँपालिकास्तरीय तेस्रो राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताअन्तर्गत छात्रछात्रा भलिबलमा सेमिफाइनल समीकरण पूरा भएको छ ।
बिहीबार छात्रातर्फ महारुद्र मावि तप्राङ र दूधपोखरी मावि सोंधा तथा राष्ट्रज्योति मावि र जनकल्याण मावि सेमिफाइनल प्रवेश गरेका छन् ।
छात्रतर्फ ध्रुव मावि र जनकल्याण मावि तथा सीताराम मावि र दूधपोखरी मावि अन्तिम ४ मा प्रवेश गरेका हुन् । शुक्रबार दुवै इभेन्टको सेमिफाइनल र फाइनल हुने प्रतियोगिता संयोजक झलक पोख्रेलले जानकारी दिए ।
रनिङ सिल्डअन्तर्गत बिहीबार ठेलो प्रतियोगितामा छात्रतर्फ ध्रुव मावि तारकाङका मिलन विक र छात्रातर्फ राष्ट्रज्योति माविकी सिर्जना तामाङ प्रथम भए । मिलनले १५.०९ मिटरसम्म र सिर्जनाले १२.३६ मिटरसम्म छेठो फालेका थिए ।
सो प्रतियोगितामा छात्रतर्फ जनकल्याण मावि मकैखोलाका राजन राना द्वितीय र हिमालय मावि गोर्जेका छात्र मनोज मगर तृतीय भए । छात्रातर्फ जनकल्याण माविकी इशा गुरुङ द्वितीय र सीताराम माविकी छात्रा सुस्मिता परियार तृतीय भइन् । विजयीलाई शुक्रबार नै पुरस्कार वितरण गरिने आयोजकले जनाएको छ । मादी गाउँपालिका ४, बेतेनीमा गाउँपालिकाले निर्माण गरेको खेलग्राम बुधबार उद्घाटनसँगै रनिङ सिल्ड सुरु भएको हो ।

Related News

सम्बन्धित समाचार

  • यु–१४ फुटबल प्रशिक्षण

    आदर्श समाज सम्वाददाता वैशाख १३, २०८१
    पोखरा । सहारा क्लब पोखराको व्यस्थापनमा प्रदेश खेलकुद परिषद् गण्डकीले ‘खेल्छ गण्डकी’ कार्यक्रमअन्तर्गत उक्त यु–१४ फुटबल प्रशिक्षण दिएको छ ।…
  • सहारा एकेडेमीमा यु–१४ फुटबल प्रशिक्षण

    आदर्श समाज सम्वाददाता वैशाख १२, २०८१
    पोखरा । सहारा क्लब पोखराको व्यस्थापनमा प्रदेश खेलकुद परिषद् गण्डकीले ‘खेल्छ गण्डकी’ कार्यक्रमअन्तर्गत उक्त यु–१४ फुटबल प्रशिक्षण दिएको छ । दोबिल्लास्थित…
  • वागमतीलाई बहिरा महिला फुटबल उपाधि

    आदर्श समाज सम्वाददाता फागुन २५, २०८०
    पोखरा। बहिरा महिला फुटबलको उपाधि वागमती प्रदेशले जितेको छ । बहिरा फुटबल खेल क्लब, पोखराको आयोजनामा शुक्रबार पोखरा रंगशालामा भएको…
  • आर्मी आहारारा गोल्डकपको नयाँ च्याम्पियन

    आदर्श समाज सम्वाददाता माघ २०, २०८०
    पोखरा। त्रिभुवन आर्मी क्लबले २३ औं आहा रारा पोखरा गोल्डकपको उपाधि चुम्न सफल भएको छ । शनिबार फाइनलमा पाँचौं पटकसम्मको…
  • आहा रारा पोखरा गोल्डकपकाे कस्ले जित्ला उपाधि ?

    आदर्श समाज सम्वाददाता माघ १९, २०८०
    पोखरा। पोखरा रंगशालामा जारी २३ औं आहा रारा पोखरा गोल्डकपको शनिबार थ्रीस्टार र विभागीय त्रिभुवन आर्मी क्लबबीच उपाधि भिडन्त हुँदैछ…

hero news full width