गण्डकी प्रदेश सभापतिमा पौडेल समूहबाट शुक्रराज उठ्ने

आदर्श समाज सम्वाददाता
मंसिर १६, २०७८
ghosana

उम्मेदवार घाेषणा गर्दै वरिष्ठ नेता पाैडेल

पोखरा । कांग्रेसको गण्डकी प्रदेश सभापतिमा वरिष्ठ नेता रामचन्द्र पाैडेल/ महामन्त्री शशांक कोइराला समूहबाट शुक्रराज शर्माले उम्मेदवारी दिने भएका छन् । बिहीबार साँझ वरिष्ठ नेता रामचन्द्र पौडेलले शर्मालाई सभापतिको उम्मेदवार घोषणा गरेका हुन् ।

सभापतिमा उनीबाहेक देवराज चालिसे, यज्ञबहादुर थापा, रघुनाथ पौडेल, महेन्द्रध्वज जिसी आकांक्षी थिए । उनीहरु सबैकाे उपस्थितिमा पाैडेलले उम्मेदवार घाेषणा गरेका हुन् ।

आकांक्षी धेरै भएकै कारण पौडेल/ कोइराला समूहलाई उम्मेदवार तय गर्न सकस परेको थियो । त्यसकै लागि नेता पौडेलसहित महामन्त्री शशांक कोइराला बुधबारदेखि पोखरामा छन् ।

लामो छलफलपछि शर्मालाई साझा उम्मेदवार घोषणा गरिएको हो । घोषणा कार्यक्रममा नेता पौडेलले अन्य आकांक्षीलाई पनि उचित व्यवस्थापन गरिने बताए ।

अन्य पदाधिकारी र सदस्यका उम्मेदवार भने आज रातभर तय गरिनेभएकाे छ ।

देउवा समूहबाट भने अर्जुनप्रसाद जोशीले उम्मेदवारी दिने भएका छन् । उक्त समूहबाट भने सबैकाे नाम टुंगाे लागिसकेकाे छ ।

अधिवेशनकाे उद्घाटन बिहीबार पाेखरामा गरिएकाे छ । पाैडेल समूहका नेतालाई बाेल्न नदिएकाे भन्दै केहीबेर उद्घाटन समाराेह बिथाेलिएकाे थियाे ।

Related News

सम्बन्धित समाचार

hero news full width