मादीको ‘ड्रिम प्रोजेक्ट’ खेलग्राम

सुनील सापकोटा
मंसिर १६, २०७८
madis

पोखरा । कास्कीको मादी गाउँपालिका ४, बेतेनीमा गाउँपालिकाले निर्माण गरेको खेलग्राम बुधबार उद्घाटन गरिएको छ । गाउँपालिका अध्यक्ष वेदबहादुर गुरुङले खेलग्रामको शिला अनावरण गरे ।
उनले बजेट फ्रिज हुनै लागेको अवस्थामा सबैको सक्रियताले खेलग्राम सम्भव भएको सुनाए । उनले भने, ‘कम्पाउन्डिङ, चेन्जिङ रुम, शौचालय, कभर्ड हललगायत संरचना निर्माण आवश्यक छ ।’ उनले खेलग्राम ‘ड्रिम प्रोजेक्ट’ भएकाले आगामी दिनमा केन्द्र, प्रदेश र स्थानीय तहबाट निरन्तर बजेट प्राप्त हुने विश्वास व्यक्त गरे । मादीको खेलग्राम खेलकुदको ‘हब’ बन्ने उनको दाबी छ ।
गाउँपालिका उपाध्यक्ष विष्णुमाया आचार्य पौडेलले खेलग्राम संघीयताको उपज भएको बताइन् ।
जिल्ला समन्वय समिति कास्की सदस्य बृहस्पति सापकोटाले खेलग्राम योजनालाई पूर्णता दिन सक्दो पहल गर्ने बताए ।
गाउँ शिक्षा समिति सदस्य बाबुराम पन्तले गाउँपालिकामा खेलग्राम निर्माण हुनु खुसीको खबर भएको बताए । गाउँपालिकाले रनिङ सिल्ड सञ्चालन गर्ने गरी खेलग्राम उद्घाटन सम्मानयोग्य काम भएको बताए ।
मादी ६ का अध्यक्ष पसबहादुर बास्तोलाले खेलग्राम बने पनि गाउँपालिका कार्यालय बन्न नसकेको भन्दै अबको चुनावपछि गाउँपालिका कार्यालय वडा ४ मै बन्ने बताए । उनले भने, ‘फरक विचार राख्ने साथीहरुले सर्वाेच्चमा मुद्दा दायर गरेका कारण अलपत्र भएको छ ।’

खेलग्राम उद्घाटनसँगै ‘मादी गाउँपालिका तेस्रो राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता’ सुरु भएको छ

कार्यक्रममा मादी गाउँपालिका कांग्रेस उपसभापति लीलामोहन कुइँकेल, नेकपा (माओवादी केन्द्र) अध्यक्ष तोरण गुरुङ, एमाले अध्यक्ष बालकृष्ण गुरुङलगायतले बोलेका थिए ।
खेलग्राम निर्माण समितिमा अध्यक्ष ऋषिराम सापकोटा अध्यक्ष, बुद्धिबहादुर सापाकेटा उपाध्यक्ष, कृष्णप्रसाद सापकोटा सचिव, सीतादेवी सापकोटा कोषाध्यक्ष रहेका थिए । सदस्यहरु शिवप्रसाद सापकोटा, सूर्यप्रसाद सापकोटा, चन्द्रकान्त सापकोटा, दुर्गादेवी सापकोटा थिए ।
सल्लाहकार समितिमा टंकप्रसाद सापकोटा, मनोहरि सापकोटा र प्रभाचन्द्र सापकोटा थिए । खेलग्राम निर्माणमा लीलामोहन कुइँकेल (गाउँ शिक्षा समिति सदस्य) र सत्यराज सापकोटा (मादी ४ अध्यक्ष)को विशेष योगदान रहेको थियो ।

जग्गादातालाई सम्मान
खेलग्राम बनाउन आवश्यक जग्गा निशुल्क उपलब्ध गराउने जग्गादातालाई दोसल्ला र कदरपत्रले सम्मान गरिएको छ । जग्गादाता मादी ४ मजुवाका भोजराज सापकोटा, टंकनाथ सापकोटा, मूलमर्दन सापकोटा, मादी ४ घामनुङका दत्तबहादुर सापकोटा (सानो), हरिप्रसाद पहारी, मीठुदेवी सापकोटा, स्व. एकबहादुर सापकोटा, याम/बुद्धिबहादुर सापकोटा, सपना सापकोटा, स्व. दत्तबहादुर सापकोटा, शिव/कृष्णप्रसाद सापकोटा, शुक्रबहादुर भुजेल, मनोहरि सापकोटा, मादी ४ काउलेका खिमावती सापकोटालाई सम्मान गरिएको हो ।
चन्द्रकान्त सापकोटा, स्व. वामदेव सापकोटा, भीमबहादुर सापकोटा, ऋषिराम सापकोटा, स्व. रुद्रबहादुर रानाभाट, रमादेवी रानाभाट, प्रेमबहादुर रानाभाट, स्व. अम्मीरबहादुर रानाभाट, स्व. दत्तबहादुर सापकोटा,स्व.त्रिलोचन सापकोटा, डिलमाया सापकोटा, स्व. शंकर भुजेल, शुक्रबहादुर भुजेल र पुण्यप्रसाद सापकोटाले खेलग्राम निर्माणमा सहयोग गरेका थिए ।
मादी ४ का अध्यक्ष सत्यराज सापकोटाको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन मादी गाउँपालिका शिक्षा शाखा प्रमुख सम्झना पोख्रेलले गरेकी थिइन् । गाउँपालिका प्रशासकीय प्रमुख नारायणप्रसाद सापकोटाले स्वागत गरेका थिए ।

राष्ट्रपति रनिङ सिल्ड सुरु
खेलग्राम उद्घाटनसँगै ‘मादी गाउँपालिका तेस्रो राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता’ सुरु भएको छ । मादी गाउँपालिका अध्यक्ष वेदबहादुर गुरुङ र उपाध्यक्ष विष्णु आचार्य पौडेलले रेफ्रीलाई भलिबल हस्तान्तरण गरी खेल शुभारम्भ गरेका थिए । त्यस अघि गाउँपालिकाका १० वटा विद्यालयका विद्यार्थीले मार्चपास गरेका थिए ।
छात्रतर्पm उद्घाटन खेल अन्नपूर्ण मावि सिक्लेस र छात्रातर्फ राष्ट्रज्योति मावि सैमराङ जितेका छन् । छात्रतर्फ अन्नपूर्ण र महारुद्र मावि तप्राङबीच तथा छात्रातर्फ राष्ट्रज्योति र ध्रुव मावि तारकाङबीच खेल भएको थियो । शुक्रबारसम्म चल्ने प्रतियोगितामा जनकल्याण मावि भाचोक, सीताराम मावि याङ्जाकोट, हिमालय मावि गोर्जे, धनूबास कालिका मावि छाचोक, दूधपोखरी मावि स्वाँरा र हिमालयन मावि ताङतिङसहित १० टिमले भाग लिएका छन् । यसैबीच, ठेलो हान्ने प्रतियोगिता बिहीबार हुनेछ ।

Related News

सम्बन्धित समाचार

hero news full width