पहिरोपीडित परिवारलाई ४ लाख

आदर्श समाज सम्वाददाता
मंसिर १६, २०७८
help parbat

पोखरा । दुर्लुङमा आएको पहिरोबाट घरबार गुमाएका पीडितलाई घर निर्माणको लागि सहयोग गरिएको छ । पर्वत वेलफेर सोसाइटी युकेले पहिरोमा परी परिवारसहित घरबार गुमाएका २ परिवारलाई राहत रकम हस्तान्तरण गरेको हो ।
कुश्मा ३ का पहिरोपीडित विकास विक र ओम थापालाई जनही ४ लाख ५० हजार दरले सहयोग गरियो । सो रकम
एनआरएन बेल्जियम अध्यक्ष लालबहादुर गुरुङ र पर्वत वेलफेर सोसाइटी युके अध्यक्ष प्रेम आलेले हस्तान्तरण गरेका हुन् ।
एनआरएन बेल्जियम अध्यक्ष लालबहादुर गुरुङले विदेशमा कमाउन पुगेका नेपालीहरुलेको संगठन एनआरएनले देशमा विपद पर्दा सहयोग गर्दै आएको बताए । जन्मभूमि छोडेर विदेशिएका दाजुभाइरुले देशमा परेको आपत विपदहरुका सहयोग गरेर देशप्रतिको माया दर्शाएको जनाए ।
वेलफेयर युके अध्यक्ष प्रेम आलेले देशमा भइरहेको गतिविधि जानकारी विदेशमा रहेका नेपालीहरुले नजिकबाट हेरिरहेको बताउँदै गास काटेर भए पनि सहयोग गर्न जुुटने गरेको बताए ।
वेलफेर सोसाइटीका सल्लाहकार क्याप्टेन लालबहादु रानाले मुलुकबासीलाई भन्दा मुलुक बाहरि बसेका नेपालीहरुलाई देशको बढी चिन्ता हुने गरेको बताए ।
तमुधिं युके अध्यक्ष हितकाजी गुरुङको संयोजकत्वमा जिल्लाबाट विदेशमा रहेका नेपालीद्वारा संकलित रकम हस्तान्तरण गरिएको हो । बपहिरोमा परी ज्यान गुमाएका दिर्पा विवेक अजर अमर प्रतिष्ठानको सहजकरणमा रहक हस्तान्तरण गरिएको हो ।
कार्यक्रममा स्थानीय समाजसेवी प्रितम गुरुङ, महेन्द्र गुरुङ, वडा अध्यक्ष तेजप्रसाद पाध्य लगायतले धारणा राखेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width