पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेशको उद्योग व्यवसायलाई व्यवस्थित गर्दै आर्थिक स्तरोन्नतिका लागि औद्योगिक व्यवसाय नीति ल्याउन लागिएको बताएका छन् ।
नेपाल घरेलु तथा साना उद्योग महासंघ गण्डकी प्रदेशको दोस्रो अधिवेशन तथा पाँचौं साधारणसभा एवं महिला उद्यमी सम्मेलन पोखरामा मंगलबार उद्घाटनमा मुख्यमन्त्री पोखरेलले यसका लागि सरोकारवालासँग सल्लाह गरेर अगाडि बढ्ने बताए । प्रदेशमा ठूला उद्योगको सम्भावना नभए पनि ससाना घरेलु उद्योगलाई नै प्रोत्साहन गर्ने सरकारको नीति भएको उल्लेख गरे ।
कोरोनाका कारण प्रदेशको उद्योग व्यवसाय ठप्प रहेकाले व्यवसायीलाई थोरै भए पनि राहत होस भने व्यवसाय जीवन रक्षा कोष सञ्चालनमा ल्याएको मुख्यमन्त्री पोखरेलले बताए । उनले भने, ‘अघिल्लो सरकारले नै थालेको यो कार्यक्रम सोचे अनुसार त सफल भएको छैन, तर यसलाई अझ प्रभावकारी कसरी बनाउन सकिन्छ भनेर छलफल गरिरहेका छौं ।’
कार्यक्रममा महासंघका अध्यक्ष श्याम गिरीले घरेलु उद्योगलाई जहिले पनि पुँजीकै अभाव हुने बैंक तथा वित्तीय संस्था पनि लगानीका लागि हिचकिचाउने गरेको भनाइ राखे । उनले भने, ‘लघु तथा घरेलु उद्योगसम्म पुँजीको पहुँच पु¥याउन ३ तहकै सरकारले पहल गर्नुपर्ने हुन्छ ।’
महासंघ गण्डकी प्रदेशका अध्यक्ष हरिहर थापाले प्रदेश सरकारले सञ्चालन गरेको व्यवसाय जीवन रक्षा कोष प्रभावकारी नभएकाले परिमार्जन जरुरी रहेको भनाइ राखे । साना लगानीका घरेलु उद्योगले बजारका सामानसँग प्रतिस्पर्धा गर्न सक्ने अवस्था नरहेको भन्दै उनले बजारीकरणका लागि प्रदेश सरकारले सहजीकरण गदिन आग्रह गरे ।प्रदेशमा घरेलु उद्योगहरुको दर्ता ठूलो संख्या रहे पनि ती उद्योगहरु कुन अवस्था छन्, केकस्तो उत्पादन गरिरहेका छन् भन्ने बारेमा कुनै तथ्यांक नरहेको उनको भनाइ थियो । गण्डकी प्रदेशका घरेलु उत्पादनको बजारीकरणका लागि पोखरामा कोसेली घर स्थापना हुनेपर्ने उनले बताए ।
उक्त अवसरमा महासंघको केन्द्रीय महिला उद्यमी समिति अध्यक्ष अनुशीला उपाध्यायले महिलाहरुद्वारा सञ्चालित घरेलु उद्योगको अवस्था अझ दयनीय रहेको भन्दै सरकारले त्यसतर्फ ध्यान दिन आग्रह गरिन् । उक्त अवसरमा म्याग्दीलाई उत्कृष्ठ जिल्लाका रुपमा सम्मान गरिएको थियो ।
महासंघमा कृष्णप्रसाद, महिला समितिमा चिनु
नेपाल घरेलु तथा साना उद्योग महासंघ गण्डकी प्रदेशको अध्यक्षमा कृष्णप्रसाद श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् । मंगलबार भएको संघको दोस्रो अधिवेशनले श्रेष्ठको अध्यक्षतमा १८ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।
संघको बरिष्ठ उपाध्यक्षमा रोहीणिराज लौडारी, उपाध्यक्षमा लीलाराम गौतम, महासचिवमा माहाप्रसाद सुवेदी र कोषाध्यक्षमा देवेन्द्र कुमार श्रेष्ठ छन् । सदस्यहरुमा लक्ष्मी केसी, सरस्वती भण्डारी, कल्पना थापा, विकाश श्रेष्ठ, नारायणबाबु आचार्य, लक्ष्मण शर्मा, गोपी अधिकारी, खेमकाजी गुरुङ, प्रकाश भट्टराई, निरु भुजेल, भीमबहादुर रसाईली, राजन गुरुङ र शम्भुनाथ योगी रहेका छन् । समितिले ५ जना सदस्य पछि मनोनीत गर्नेछ ।
यसैगरी, नेपाल घरेलु तथा साना उद्योग महासंघ महिला उद्यमी समिति, गण्डकी प्रदेशको अध्यक्षमा चिनुकुमारी गुरुङ चयन भएकी छन् । प्रदेश समितिको दोस्रो अधिवेशनबाट गुरुङको अध्यक्षतमा १३ सदस्यीय कार्य समिति सर्वसम्मत निर्वाचित गरेको हो ।
समितिको निवर्तमान अध्यक्षमा मिना पराजुली, बरिष्ठ उपाध्यक्षमा अनिता मल्ल केसी, उपाध्यक्षमा चिनिमाया काला मगर, महासचिव बसन्त केसी, कोषाध्यक्षमा सुन्ति पुर्जा निर्वाचित भएका हुन् । यसैगरी सदस्यहरुमा अनिता गोतामे, गंगा कार्की, निर्मलु श्रेष्ठ, पशुपती कार्की शर्मा, रमिता ढुंगाना, लक्ष्मी पोखरेल र धनमाया राना छन् ।
Related News
सम्बन्धित समाचार
त्रासैत्रासमा तंग्रिदै कागबेनी
१३ वटा मुद्दा चलेका एक युवा पोखराबाट अटोमेटिक पेस्तोलसहित पक्राउ
कतारी अमिर स्वेदश फिर्ता : पोखरा–कतार उडान माग
मानवअधिकार आयोगसमक्ष द्वन्द्वपीडित समुदायको ज्ञापन
कास्कीमा एसइई उत्तरपुस्तिका परीक्षण रोकियो
hero news full width
मुख्य समाचार
मनिपालमा अत्याधुनिक एमआरआई मेसिन
गण्डकीमा डायलाइसिसका लागि अब पालो कुर्न नपर्ने
वैशाख १२, २०८१स्वदेश फर्किए कतारी अमिर
वैशाख १२, २०८१कतारका अमिरको भ्रमणसम्बन्धी खबर प्राथमिकतामा, विपिनको रिहाइ ‘मुख्य विषय’
वैशाख १२, २०८१रोजगार खोज्दै मेलामा
वैशाख १२, २०८१कतारी अमिरलाई ‘रुद्रकली’ र ‘खगेन्द्रप्रसाद’ !
वैशाख ११, २०८१