एमाले अध्यक्षमा केपी शर्मा ओली निर्वाचित, ओलीले १८०८ मत ल्याउँदा भीम रावललाई २२३

आदर्श समाज सम्वाददाता
मंसिर १४, २०७८
oli

पोखरा ।  नेकपा एमालेको अध्यक्षमा केपी शर्मा ओली विजयी भएका छन् ।

चितवनमा आयोजित १० औं राष्ट्रिय महाधिवेशनबाट ओली ४ वर्षे कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएका हुन् ।

ओलीले १ हजार ८ सय ८ मत पाउँदा भीम रावलले २ सय २३ मत पाएका निर्वाचन समितिका सदस्य बाबुराम दाहालले जानकारी दिए ।

सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयास सफल नभएपछि मंगलबार बिहान निर्वाचन भएको थियो ।

एमालेका २ हजार १ सय ५३ प्रतिनिधिहरुमध्ये २ हजार ९६ मत खसेको थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width