म्याग्दी जीप दुर्घटनामा ४ को मृत्यु, ४ घाइते- अपडेट

साधन राम्जाली
मंसिर १३, २०७८
myagdi jeep accident

म्याग्दी। म्याग्दीको रघुगंगा गाउँपालिका– १, बेगखोलामा बोलेरो जीप दुर्घटना भएको छ।

सोमबार साँझ बेनीदेखी बेगखोला जाँदै गरेको ग १ ज ७२ ५१ नम्बरको बोलेरो जीप घाव्पा औल स्थित घुम्तीमा दुर्घटना भएको प्रहरी निरीक्षक बिरेन्द्रराज गुरुङले जानकारी दिए । उनका अनुसार जीपमा चालक सहित ८ जना सवार थिए । आठ जना मध्य ३ जनाको घटना स्थलमै मृत्यु भएको छ ।

थप एक जनाको बेनी अस्पतालमा मृत्यु भएको छ ।

ज्यान गुमाउनेमा बेगका अन्दाजी २७ खिमनाथ शर्मा , अन्दाजी बर्ष ३० खिमु पुन , ३० वर्षीया वडा सदस्य गौमाया विक र अन्दाजी ४० बर्षिय चालक दुत बहादुर थापा रहेका छन् । घाइतेमा हुनेमा स्थानीय ५४ बर्षिय बलबहादुर बिक , ३० वर्षिय ज्ञानु शेरपुर्जा , २३ बर्षिय मनोज पुन ,र २० वर्षिय बिसुन फगामी रहेका छन् ।

घाइते चार जनालाई थप उपचारका लागि पोखरा स्थित मणिपाल अस्पताल पठाइएको छ ।प्रहरी निरिक्षक तथा सूचना अधिकारी गुरुङका अनुसार साँझ करिब ५ बजेको समयमा दुर्घटना भएको हो । जीप सडकदेखि करिब दुई सय मिटर तल खसेको थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width