पूर्वमुख्यमन्त्री गुरुङसहित ज्ञवाली र रिमाल एमाले उपमहासचिवमा सर्वसम्मत

आदर्श समाज सम्वाददाता
मंसिर १३, २०७८
pradeep-gyawali-prithvi-subba-gurung-and-Bishnu-Rimal

पाेखरा । नेकपा एमालेको उपमहासचिवमा प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ र विष्णु रिमाल सर्वसम्मत चुनिएका छन् ।

चितवनको सौरहामा जारी १० औं राष्ट्रिय महाधिवेशनको बन्दसत्रमा अध्यक्ष केपी शर्मा ओलीले ज्ञवाली, गुरुङ र रिमाललाई उपमहासचिव बनाउन प्रस्ताव गरेका थिए । सोमबार बिहान मनोनयन गर्ने समयसम्म पनि अरु कसैले उम्मेदवारी नदिएपछि तीनै जना उपमहासचिवमा सर्वसम्मत भएका हुन् ।

एमालेको वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल र महासचिवमा शंकर पोखरेल पनि सर्वसम्मत भएका छन् ।

अन्य पदहरुमा भने निर्वाचनको तयारी भइरहेको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width