ओलीले दिए उम्मेदवारी, प्रस्तावकमा विष्णु पौडेल र समर्थकमा शंकर पोखरेल

आदर्श समाज सम्वाददाता
मंसिर १३, २०७८
oli

पोखरा ।  नेकपा एमालेको अध्यक्षमा उम्मेदवारी दिएका केपी शर्मा ओलीको प्रस्तावकमा विष्णु पौडेल र समर्थकमा शंकर पोखरेल बसेका छन्।

निर्वाचन प्रकिया सुरु भएलगत्तै आज बिहान ओलीले अध्यक्षमा उम्मेदवारी दर्ता गराएका हुन्। ओलीले उम्मेदवारी दर्ता गराउँदा उपाध्यक्षका उम्मेदवार पौडेल प्रस्तावक बसेका छन् भने महासचिवका उम्मेदवार पोखरेल समर्थक बसेका छन्।

यसअघि अध्यक्ष पदका लागि नेता भीम रावलले उम्मेदवारी दर्ता गराएका थिए। रावललाई महादेव बजगाईंले प्रस्ताव गरेका छन् भने दूधकला बिष्टले समर्थन गरेकी छन्।

Related News

सम्बन्धित समाचार

hero news full width