हेमजा । आइडिई नेपाल, क्याबी प्रालान्ट वाइज, कृषि ज्ञान केन्द्र कास्कीको सहयोग तथा ढिकुरपोखरी सामुदायिक विकास संघ (डिसिडिओ) को आयोजनामा बाली स्वास्थ्यसम्बन्धी प्रशिक्षण भएको छ ।
स्थानीय स्तरमा कृषिसम्बन्धी सेवा पुर्याउँदै आएका समुदाय व्यवसाय सहजकर्तालाई प्राविधिक सेवा प्रदान गर्र्ने उद्देश्यले उक्त तालिम दिइएको हो । जसमा डिसिडिओ अन्तर्गत साना किसान परियोजनाका लागि वित्तीय सेवाहरु परियोजनाका कार्यक्षेत्र अन्तर्गत पर्ने माछापुच्छ्रे गाउँपालिका वडा नं. ६, ७ र ९, अन्नपूर्ण गाउँपाालिका वडा नं. २ र ६, मादी गाउँपालिका वडा नं. ४ र ५ र पोखरा महानगरपालिका वडा नं. २२ का साथै स्याङ्जाका समेत प्रतिनिधि सहभागी थिए ।
तालिममा बाली स्वास्थ्यसम्बन्धी समस्याहरुको निदान, समस्याहरुको उपचार (बाली डाक्टर) सम्बन्धी सल्लाह र रेकर्ड व्यवस्थापनसम्बन्धी प्रशिक्षण दिइएको थियो । कृषि ज्ञान केन्द्र कास्की प्रमुख शालिकराम अधिकारी, प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्र ललितपुर प्रमुख सहदेवप्रसाद हुमागाईं, माधव भट्ट, क्याविका विनोद पण्डित तथा आइडिई नेपालका ललितप्रसाद शाह र दित्या लामिछानेले प्रशिक्षणमा सहजीकरण गरेका थिए ।
गण्डकी प्रदेश कृषि विकास निर्देशनालयका प्रमुख वासुदेव रेग्मीले गण्डकीमा कृषि उत्पादन अन्य प्रदेशको तुलनामा राम्रो रहे पनि प्राविधिक जनशक्तिको कमी भएको औंल्याए । उनले यस्ता किसिमका तालिमलाई निर्देशनालयले समेत सहयोग गर्ने प्रतिबद्धता जनाए ।
संस्थाका अध्यक्ष हिममाया भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा आइडिई नेपाल पोखराका प्रमुख बालकृष्ण थापामगरले स्वागत, आइडिई नेपाल काठमाडौंका वरिष्ठ प्राविधिक विज्ञ ललित शाहले कार्यक्रमबारे जानकारी एवं संस्थाका सम्पर्क व्यक्ति पुण्यप्रसाद भण्डारीले सञ्चालन गरेका थिए ।
Related News
सम्बन्धित समाचार
‘कुखुरा कल्याणमा केज प्रणाली अनुपयुक्त’
पशु स्वास्थ्य प्राविधिकलाई अभिमुखीकरण
माझठानाका कृषकलाई तालिम
कास्कीको मादीमा एउटै फार्मका दुई सय ८० बाख्रा मरेपछि…
फेदीखोलाको सर्केटारीमा प्रथम आलु प्रदर्शनी
hero news full width
मुख्य समाचार
राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
वैशाख २०, २०८१पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
वैशाख २०, २०८१मजदुरलाई छैन मजदुर दिवस रौनक
वैशाख २०, २०८१गण्डकीमा संविधान भर्सेज सर्वोच्च
वैशाख २०, २०८१पोखराको अमरसिंहको बिजुली पसलमा आगलागी, १ करोडको क्षति
वैशाख २०, २०८१