काठमाडौं । नेपाल टेलिकमले अति दुर्गम र विकट आठ स्थानमा जिएसएम टुजी र फोरजी सेवा प्रवाह गरेको छ । सोलुखुम्बुको लुक्ला, स्याङबोचे (एयरपोर्ट), नाम्चेबजार र ताक्सिन्दु, गोरखाको छेकम्पार, बिही (गज्र्याङ डाँडा) र न्याक तथा मनाङको ओडार भ्यु–प्वाइन्ट हेलिकप्टरबाट उपकरण ढुवानी गरी नयाँ टावरबाट सेवा सञ्चालन गरेको हो ।
ती टावरबाट कम्पनीले सेवाग्राहीलाई टुजी र फोरजी सेवा उपलब्ध गराएको छ । सोलुखुम्बुको लुक्ला साइटबाट खुम्बु पासाङल्हामु गाउँपालिकाका–२ र ३ का लुक्ला, सुर्के, मुसे, नाजिपाङ, चौरीखर्क, स्याङमा र सगरमाथा पदमार्गलगायतका क्षेत्रमा टुजी र फोरजी सेवा उपलब्ध भएको नेपाली टेलिकमका प्रवक्ता राजेश जोशीले जानकारी दिनुभयो । स्याङबोचे एयरपोर्ट साइटबाट सोही गाउँपालिकाको–४ का वस्ती र नाम्चेबजार साइटबाट वडा नम्बर ३ र ५ का नाम्चे, कोङदे, जोरसल्लोलगायतका क्षेत्रमा सेवा उपलब्ध भएको छ ।
त्यसैगरी टाक्सिन्दु साइटबाट वडा नम्बर १ का नुनथला, खरिखोला, थामडाँडा, बुप्सा, पान्गोम र सगरमाथा पदमार्गलगायतका क्षेत्रमा सेवा उपलब्ध भएको छ । गोरखाको छेकम्पार साइटबाट चुमनुब्री गाउँपालिका–४ अन्तर्गतका छेकम्पार, छोकाङसहित छिमेकी राष्ट्र चीनसँग जोडिएका पर्यटकीय क्षेत्रमा सेवा उपलब्ध भएको छ । गोरखाकै बिही (गज्र्याङ डाँडा) नयाँ साइटबाट सोही गाउँपालिका–५ अन्तर्गत क्वाकडाँडा, बिही गाउँ, सराङ गुम्बा ल्हो, प्रोक, सामा, लार्केपाससहित मनास्लु ट्रेकिङ रुटलगायतका क्षेत्र र न्याक साइटबाट वडा नम्बर ३ अन्तर्गत न्याक, लिक्पा, डेंग, सिर्दिबास फिलिम, भान्सिङ र मनास्लु ट्रेकिङ रुटलगायतका क्षेत्रमा सेवा उपलब्ध भएको छ ।
मनाङको ओडार भ्यु प्वाइन्ट साइटबाट न्यासो गाउँपालिका अन्तर्गत ओडार, नाचे, थोंचे, धारापानी, तिल्चेलगायतका क्षेत्रमा सेवा उपलब्ध भएको छ । त्यसैगरी अन्य तीन (तीन) दुर्गम र विकट स्थानमा हेलिकप्टरबाटै सामान ढुवानी गरी निकट भविष्यमा नेपाल टेलिकमले टुजी र फोरजी सेवा सञ्चालन गर्ने तयारी गरिरहेको छ । सोलुखुम्बुको खुम्बु पासाङ ल्हामु गाउँपालिकाको फाक्दिङ र नाचिपाङ र दार्चुला जिल्लाको व्यास गाउँपालिकाको छाङरु साइटमा टावर स्थापना गरी सेवा सञ्चालन गरिनेछ ।
हाल यी स्थानमा संरचना निर्माण भइरहेको छ र निकट भविष्यमै टुजी तथा फोरजी सेवा सञ्चालनमा आउने छ । सेवा सञ्चालनमा आए पश्चात यी क्षेत्रका सेवाग्राहीले गुणस्तरीय भ्वाइस तथा डाटा सेवा प्रयोग गरी लाभ लिन सक्नेछन् । तुलनात्मकरुपमा लगानी बढी हुने तर व्यावसायिकरुपले प्रतिफल प्राप्त नहुने यस्ता अति दुर्गम र विकट स्थानसमेतसमेतमा नेपाल टेलिकमले दूरसञ्चार सेवा विस्तार गर्ने कार्यलाई निरन्तरता दिइरहेको छ । मुलुकका अत्यन्त दूर्गम र विकट स्थानमा रहेका वस्तीमा दूरसञ्चार र सूचना प्रविधिको पहुँच पुर्याउन नेपाल टेलिकमले दशकौं अगाडिदेखि नै परिवहनका विभिन्न उपाय अपनाउँदै आएको थियो ।
पहाडी भीरपाखा छिचोल्दै अति आवश्यक घरायसी सामग्री डोकामा बोकेर लग्नुपर्ने अवस्थामा दूरसञ्चारका ठूला र गहङ्गा उपकरण कम्पनीले हेलिकप्टरबाट ढुवानी गनुपर्ने वाध्यता रही आएको छ । विगतमा जस्तै यस वर्षपनि हेलिकप्टरबाट उपकरण ढुवानी गरी कम्पनीले यस आर्थिक वर्षमा अति दुर्गम र विकट आठ आठ स्थानमा जिएसएम टुजी र फोरजी सेवा प्रवाह गरेको छ । रासस
Related News
सम्बन्धित समाचार
विद्युतीय सवारीसाधनमा आकर्षण
पोखरामा ‘विज्ञान, प्रविधि र नवप्रवर्तनका क्षेत्रमा देखापरेका प्रवृत्तिहरू’ सम्मेलन
साइबर अपराधविरुद्ध सचेतना
टिकटक बन्द गरे/नगरेकाबारे जवाफ दिन निर्देशन
साइबर सुरक्षासम्बन्धी कार्यशाला
hero news full width
मुख्य समाचार
राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
वैशाख २०, २०८१पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
वैशाख २०, २०८१मजदुरलाई छैन मजदुर दिवस रौनक
वैशाख २०, २०८१गण्डकीमा संविधान भर्सेज सर्वोच्च
वैशाख २०, २०८१पोखराको अमरसिंहको बिजुली पसलमा आगलागी, १ करोडको क्षति
वैशाख २०, २०८१