कांग्रेस तनहुँ सभापतिमा जीतप्रकाश आले निर्वाचित

आदर्श समाज सम्वाददाता
मंसिर १२, २०७८
jitprakash-ale

दमौली ।  विभिन्न शंका र उपशंका चिर्दै नेपाली कांग्रेस तनहुँको सभापतिमा जीतप्रकाश आले निर्वाचित भएका छन् ।

हालकै सभापति बैकुण्ठ न्यौपानेले जित्ने दावीका बीच भीमादका जीतप्रकाश आलेले कांग्रेस तनहुँमा केही समययता दह्रो पकड बनाएका न्यौपानेलाई पराजित गर्दै अप्रत्यासित नतिजा निकाले ।

दुवै पक्षले एक अर्काले करिब डेढ सय मतान्तरले चुनाव जित्ने दावी गरिरहँदा आलेले शुरुवातदेखि नै निरन्तर लिड गरेर नसोचेको परिणाम दिएका हुन् ।

क्षेत्र १ को मतान्तर, दुवै प्रदेशको चुनाव जितेको पौडेल प्यानलको मतको बल अनि सभापति हुँदाको प्रभावका आधारमा न्यौपानेले थोरै मतान्तरले जित्ने आशंका गरिए पनि केन्द्रमा प्रभाव जमाएका हस्तीहरु शंकर भण्डारी, गोविन्द भट्टराई र मास्टरमाइण्ड भनेर जिल्लाको राजनीतिमा चिनिने ध्रुव वाग्लेको साथ पाएका आलेले क्षेत्र २ मा आफ्नो प्यानलले जमाएको पकडका आधारमा चुनाव जिते ।

हार्ने अवस्थामा न्यौपाने चुनाव नलड्ने ठानिए पनि चुनावी अंकगणितमा १ सय मतले भए पनि जित्ने आन्तरिक आंकलनका आधारमा चुनाव लडेका थिए ।

आलेलाई भने क्षेत्र २ को खमा बनेको सर्वसम्मति, स्थानीय नेता राजेन्द्रकृष्ण श्रेष्ठसमेतको साथ अनि मगर बहुल मतका आधारमा चुनाव जित्ने आत्मविश्वासलाई केन्द्रका माथि उल्लेखित हस्तीले दिएको दह्रो साथ नै चुनाव जित्ने कारण बन्न पुग्यो ।
जिल्लामा दुवै क्षेत्रमा गरी १ हजार ७ सय ८१ जनाले मतदान गरेका थिए ।

दमाैली न्युजबाट

Related News

सम्बन्धित समाचार

hero news full width