पोखरा आदर्श सेकेण्डरीमा खेलकुद

आदर्श समाज सम्वाददाता
मंसिर ११, २०७८
aadarsha sports Final

पोखरा । पोखरा आदर्श सेकेण्डरी स्कुल, बगरले अन्तरसदनात्मक खेलकुद कार्यक्रम–२०७८ गरेको छ । २ दिनसम्म चलेको खेलकुद कार्यक्रमको उद्घाटन विद्यालय प्राचार्य फणीन्द्र अधिकारीले गरेका हुन्।
कार्यक्रममा पूर्व प्रावि, आधारभूत र मावि गरी ३ तहमा खेल सञ्चालन भएको जनाइएको छ ।
जसमा पूर्व प्रााव तहतर्फ गुच्चा गन्ने खेल, स्मरणशक्ति खेल, हिसाब दौड, मिठाइ दौड, बेलुन फुटाउने खेल कुर्चि दौड तातो आलु र छिटो खाने खेल भए ।
प्रावितर्फ चम्चा दौड, कुर्सी दौड, बेलुन फुटाउने, १ सय मिटर दौड, पानी भर्ने खेल, कबड्डी, फुटबल खेल भए ।
यस्तै, मावितर्फ फुटबल, भलिबल, टेवल टेनिस, कबड्डी, १ सय मिटर दौड, रिले दौड,४ सय मिटर दौड, लङजम्प रस्साकस्सी दौड, सटफुट खोखोजस्ता खेल भएको विद्यालयका अतिरिक्त क्रियाकलाप प्रमुख तिलक
बरालले जानकारी दिए ।
सिनियर फुटबलतर्फ रातो सदन प्रथम र हरियो सदन दोस्रो भयो । सिनियर स्किपिङमा नीलो सदन प्रथम र रातो सदन द्वितीय र हरियो सदनले तृतीय स्थान हासिल गरे ।
सिनियर छात्रातर्फको ४ सय मिटर दौडतर्फ हरियो सदनले अग्रता लियो भने १ सय ८० मिटर दौड तर्फ हरियो सदन नै विजेता बन्न सफल भयो । रिले दौडतर्फ हरियो सदन प्रथम, पहेंलो सदन द्वितीय र रातो सदनले तृतीय स्थान हासिल गरे ।
छात्रातर्फ १ सय मिटर दौडअन्तर्गत नीलो सदन प्रथम, पहेंलो सदन द्वितीय र तृतीय स्थान हासिल गरे । यसैगरी छात्रतर्फ १ सय मिटर दौडतर्फ रातो सदन प्रथम, नीलो द्वितीय र पहेंलो सदन तृतीय भए । ४ सय मिटर दौडमा रातो सदन प्रथम भयो । चम्चा दौडतर्फ हरियो सदन प्रथम, सटफुटतर्फ रातो सदन प्रथम, कपड्डीमा हरियो सदन प्रथम, खोखोमा नीलो सदन प्रथम भए । रस्सारस्सी दौडअन्तर्गत छात्रछात्रतर्फ रातो सदन प्रथम र पहेंलो सदन द्वितीय स्थान हासिल गरे । भलिबलतर्फ रातो सदन प्रथम र पहेंलो सदनले द्वितीय स्थान हासिल गरे । लङजम्पतर्फ रातो प्रथम र द्वितीय र नीलो सदनले तृतीय स्थान हासिल गरे । टेबलटेनिसतर्फ पहेंलो सदन प्रथम, रातो सदनले द्वितीय र तृतीय स्थान हासिल गरेको थियो । विजेतालाई एक कार्यक्रमबीच पुरस्कार दिने जानकारी विद्यालय प्रशासक गोविन्दप्रसाद पौड्यालले बताए । कार्यक्रम सञ्चालन विद्यालयका सहप्राचार्य ज्ञानेश्वर सुवेदी र अतिरिक्त कार्यकलाप प्रमुख तिलक बरालले गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै