पोखरा । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत १० गते हुने जिल्ला अधिवेशनमा कास्की कांग्रेस जिल्ला समितिको सचिवमा युवा नेता भानु ढकालले सचिवमा उम्मेदवारी दिने भएका छन् । नेपाल विद्यार्थी संघबाट राजनीतिक जीवन सुरु गरेका ढकाल दसकअघि देखि नै राजनीतिमा सक्रिय रहँदै आएका छन् ।
ढकालले ‘मलाई तपाईंको अमूल्य मत दिनोस्, म तपाईंलाई बलियो कांग्रेस दिन्छु’ भन्दै मत मागेका छन् । उनले संगठनलाई चुस्त दुरुस्त बनाउँदै विस्तार गर्ने र पुरानो विरासत फर्काउने उद्देश्यसहित आफ्नो उम्मेदवारी भएको बताएका छन् । ‘अग्रजको सम्मान गर्ने र विरासत फर्काउने मेरो उद्देश्य छ,’ उनले भने, ‘सांगठनिक व्यवस्थापनलाई पनि हामीले बलियो बनाउनुपर्नेछ ।’
ढकाल नयाँ पुस्ताका युवा मतदातालाई कांग्रेससँग जोड्नुपर्ने चुनौती आफूले देखेको बताउँछन् । ‘म कास्की कांग्रेस सचिव भइरहँदा युवा मतदातालाई कांग्रेसमा आकर्षित गर्ने काम गर्नेछु,’ उनले भने ।
भानु २०६२÷६३ को आन्दोलनका सर्वाधिक सक्रियमध्येका आन्दोलनकारी नेता कमलमणि ढकालका भाइ हुन् । राजा ज्ञानेन्द्रको निरंकुश शासनका विरुद्ध र उनको पश्चिमाञ्चल भ्रमणको विरोध गर्दै पुत्ला दहन गरेबापत भानु पनि दाजु कमलमणि र अर्का नेता मोहन पण्डितसँगै गिरफ्तार भएका थिए । उनी ६५ पटकभन्दा बढी गिरफ्तार भएको र ११ पटकसम्म सार्वजनिक मुद्दा खेपेको सम्झन्छन् ।
पृथ्वीनारायण क्याम्पसमा हुँदा उनी नेविसंघ पृना इकाइमा सदस्य, सचिव र उपाध्यक्ष भई ३ कार्यकाल कार्यसमितिमा रहे । नेविसंघ कास्कीको सदस्य र उपसभापतिसमेत भएका भानु नेविसंघ कास्की क्षेत्र नम्बर १ को सचिव र केन्द्रीय सदस्य पनि भएका थिए । कांग्रेसको १३ औं महाधिवेशनमा कांग्रेस कालिका गाविस समिति सभापतिमा सर्वसम्मत निर्वाचित भएका भानु मुलुक संघीय संरचनामा गएपछि मादी गाउँपालिका वडा नम्बर ५ को सभापतिसहित गाउँपालिका समितिको सचिव भएका थिए ।
Related News
सम्बन्धित समाचार
गण्डकी सरकारविरुद्ध सर्वोच्चमा कांग्रेसले दर्ता गरायो रिट, पेसी पर्सि
मुख्यमन्त्री अधिकारीले रोजे पुरानै मन्त्री
ट्राफिक सप्ताहको ब्यानरमा प्रदेशका मन्त्रीको शपथ !
पहिचान एवं राष्ट्रिय मुद्दा कार्यान्वयनमा ऐक्यबद्धता जनाउन प्रधानमन्त्रीको अपिल
ठूला दलबीच सहकार्य आवश्यक छ : प्रमुख सचेतक लेखक
hero news full width
मुख्य समाचार
प्रदेशमा सञ्चालित आयोजनाहरुको प्रगति विवरण २ दिनभित्र पेस गर्न मुख्यमन्त्रीको निर्देशन
सुरु भयो ट्राफिक सप्ताह, मुख्यमन्त्रीले गरे उद्घाटन
वैशाख २५, २०८१गण्डकीका सभामुखको कदमबारे मिश्रित प्रतिक्रिया
वैशाख २५, २०८१फडिन्द्रले इन्कार गर्दा माओवादीले दिन सकेन मन्त्री
वैशाख २४, २०८१गण्डकीमा एमालेका सीता सुन्दास र बेदबहादुरले लिए मन्त्रीको शपथ
वैशाख २४, २०८१सीतालाई सामाजिक. बेदबहादुरलाई खानेपानी मन्त्रालयको जिम्मा
वैशाख २४, २०८१