Worldlink ads

राजीनामा माग्दै कानुन व्यवसायीको धर्ना

आदर्श समाज सम्वाददाता
मंसिर ९, २०७८
bar ~dharna

पोखरा । सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै पोखरामा कानुन व्यवसायीले बुधबार पनि धर्ना दिएका छन् ।
उच्च अदालत बार एसोसिएसन र कास्की जिल्ला बार एसोसिएसनको संयुक्त आयोजनामा उनीहरुले बिहान ११ देखि १२ बजेसम्म उच्च अदालत अगाडि कालोपट्टिसहित धर्ना दिएका हुन् । ‘न्यायपालिकाको गरिमा कायम राख्न नसक्ने विवादित प्रधानन्यायाधीश राजीनामा देऊ’ नाराअंकित कालो ब्यानर बोकेका कानुन व्यवसायीले प्रधानन्यायाधीश जबराको राजीनामा पहिलो शर्त भएको बताए ।
धर्नामा सहभागी भएका नेपाल बार एसोसिएसनका पूर्व अध्यक्ष शम्भु थापाले न्यायापालिकामा व्याप्त विकृति विसंगतिकै विरुद्ध आन्दोलन हो भने । उनले न्यायपालिकाको स्वतन्त्रता र विकृति विसंगतिविरुद्ध यो आन्दोलन सफल पार्न सबैजना निरन्तर लाग्नुपर्नेमा जोड दिए ।
विरोधसभामा मानवअधिकार आयोगका पूर्व सदस्य समेत रहेका वरिष्ठ अधिवक्ता गोविन्द शर्मा पौडेल, बारका केन्द्रीय सदस्य कल्पना भण्डारी, केन्द्रीय बारका पूर्व उपाध्यक्ष वरिष्ठ अधिवक्ता तुलसी भट्ट, उच्च अदालत बार एसोसिएएन पोखराका अध्यक्ष नारायणप्रसाद पौडेल, कास्की जिल्ला बार एसोसिएसन अधयक्ष नारायणप्रसाद शर्मा, तनहुँ जिल्ला बारका अध्यक्ष भानु शर्मा, वरिष्ठ अधिवक्ता तिलक पराजुली, वरिष्ठ अधिवक्ता कृष्णबहादुर थापा लगायतले अहिलेको विवाद हल गर्न प्रधानन्यायाधीश राणाले तत्कालै राजीनामा दिनुपर्नेमा जोड दिए ।
कार्यक्रमको सञ्चालन उच्च अदालत बार एसोसिएसन, पोखराका सचिव सन्तोष अधिकारीले गरेका थिए । यसअघि पनि कानुन व्यवसायीले उच्च अदालत बार एसोसिएसन पोखरा र कास्की जिल्ला बार एसोसिएसनको गेट अघि गत कात्तिक २८ देखि लगातार ३ दिनसम्म धर्ना दिएका थिए । यसैबीच, बुधबार अदालतको पेसी स्थगित भएको छ ।

Related News

सम्बन्धित समाचार

    • नाडामा ध्रुव थापाको प्यानल घोषणा

      आदर्श समाज सम्वाददाता मंसिर १४, २०७८
      पोखरा । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको आसन्न अधिवेशनमा पोखराका अटो व्यवसायी ध्रुव थापाले अध्यक्षमा उम्मेदवारी दिने भएका छन् ।…
    • स्थापनाको ३५ वर्षपछि पोखरा बहुमुखीको आफ्नै भवन

      धनबहादुर गुरुङ मंसिर १४, २०७८
      पोखरा । पोखरामा २०४४ सालसम्म उच्च शिक्षाका लागि पृथ्वीनारायण (पिएन) क्याम्पसको विकल्प थिएन । क्याम्पस पोखरामा भए पनि पढ्न आउने…
    • पोखरा बहुमुखीको वार्षिकोत्सव

      आदर्श समाज सम्वाददाता मंसिर १३, २०७८
      पोखरा । पोखराको नयाँबजारस्थित पोखरा बहुमुखी क्याम्पसले ३५ औं वार्षिकोत्सवको अवसरमा सप्ताहव्यापी कार्यक्रम गरेको छ । कार्यक्रम अन्तर्गत आइतबार भएको…
    • माघ १३ देखि लेखनाथ महोत्सव हुने

      आदर्श समाज सम्वाददाता मंसिर १३, २०७८
      लेखनाथ । लेखनाथ उद्योग वाणिज्य संघको आयोजनामा विगत १८ वर्षदेखि कास्कीको लेखनाथमा हुँदै आएको लेखनाथ महोत्सवको १७ औं संस्करण आगामी…
    • जेसिजको प्रशिक्षक प्रशिक्षण सुरु

      आदर्श समाज सम्वाददाता मंसिर १२, २०७८
      लमजुङ । जेसिजको तीनदिने राष्ट्रिय प्रशिक्षक प्रशिक्षण यहाँ सुरु भएको छ । प्रशिक्षणमा मुलुकका विभिन्न जिल्लाबाट ५१ जना सहभागी भएका…

    hero news full width

    sanil ads

    wordlink ads

    trending post

    ट्रेन्डिङ्ग