राष्ट्रिय माविमा बालहितकारीको सहयोग

आदर्श समाज सम्वाददाता
मंसिर ९, २०७८
bal hitkari~

हेमजा । बालहितकारी परियोजना नेपालले बुधबार पोखरा १ टुँडीखेलस्थित राष्ट्रिय माविमा स्वास्थ्य सुरक्षाका सामग्री सहयोग गरेको छ । परियोजनाले त्यहाँ अध्ययनरत विद्यार्थीलाई माक्र्स तथा सेनिटाइजर प्रदान गरेको हो । संस्थाका अध्यक्ष गोविन्दराज पहारीले ती सामग्री प्रधानाध्यापक सूर्य तिवारीलाई हस्तान्तरण गरेका हुन् । कार्यक्रमको उद्घाटन वडा अध्यक्ष शारदा पराजुलीले विद्यार्थीलाई माक्र्स लगाएर गरिएको थियो ।
त्यस अवसरमा भनाइ राख्दै वडाध्यक्ष पराजुलीले परियोजनाले राम्रो कार्य गरेको चर्चा गर्दै त्यस्ता क्रियाकलापलाई निरन्तरता दिनुपर्नेमा जोड दिइन् । उनले स्वास्थ्यप्रति संवेदनशील बन्न विद्यार्थीलाई आग्रह पनि गरिन् ।
गण्डकी विश्वविद्यालयका सल्लाहाकार प्राडा मेदनीप्रसाद भण्डारीले संस्थाका गतिविधिको प्रशंसा गर्दै विद्यार्थीको समुज्ववल भविष्यको कामना गरे । उनले नेपाली छोरीहरु (बालिका) चलाख रहेको सुनाउँदै उनीहरुको प्रगतिका लागि अनुकुलित वातावरण मिलाइदिनुपर्ने धारणा पनि राखे ।
संस्थाका अध्यक्ष गोविन्दराज पहारीले कोरोना भाइरसका कारण पठनपाठनका अलवा समग्र अर्थतन्त्रलाई नै प्रभाव पारेको औंल्याए । उनले पोखरा महानगरपालिका कार्यालय तथा सम्बन्धित विद्यालयसँग सहकार्य गर्न संस्था तयार रहेको स्पष्ट पनि पारे ।
प्रधानाध्यापक तिवारीले सहयोग प्रति आभार प्रकट गर्दै सहयोगको सदुपयोग गर्ने विश्वास दिलाए । महानगर शिक्षा महाशाखाका प्रतिनिधि कृष्ण भण्डारीले सहयोग आफैंमा महत्वपूर्ण हुने भनाइ राखे ।
संस्थाले पोखराका कुल २० हजार विद्यार्थीलाई लक्षित गरी यो कार्यक्रम सुरु गरेको हो । जसमार्फत ३४ विद्यालय, ९६ बाल क्लब, १ सय ९० आमा समूह, १५ अपांग सरोकार समिति, ७५ अपांग बालबालिका र तिनका परिवार लाभान्वित हुने संस्थाका जीवनोपयोगी सीप शिक्षा सहजकर्ता संगीता भण्डारीले जानकारी दिइन् ।

Related News

सम्बन्धित समाचार

hero news full width