कास्की कांग्रेस क्षेत्र नम्बर १ मा राजेन्द्रमणि लामिछाने विजयी

आदर्श समाज सम्वाददाता
मंसिर ७, २०७८
rajendra mani

पोखरा । नेपाली कांग्रेस कास्की क्षेत्र नम्बर १ को सभापतिमा राजेन्द्रमणि लामिछाने विजयी भएका छन् ।  बुद्धिमान गुरुङलाई पराजित गर्दै लामिछाने सभापतिमा विजयी भएका हुन् ।

पार्टीको १४औं महाधिवेशन अन्तर्गत सोमबार भएको मतदानमा लामिछानेले ४ सय ५८ मत ल्याउँदा गुरुङले ३ सय ३० मत प्राप्त गरे ।

सचिवमा सरोज केसी र ओमप्रकाश गुरुङ विजयी भएका छन् । केसीले ४ सय ५६ र गुरुङले ४ सय १८ मत प्राप्त गरे ।

सचिवका प्रतिस्पर्धी शोभामोहन पौडेलले ३ सय २२ र जितेन्द्र गुरुङले १ सय ८८ मत पाएका थिए ।

पार्टीको सहसचिवमा सुजता गुरुङ ३ सय ७१ र मोती गिरी ३ सय ४५ मतका साथ विजयी भए ।

सहसचिव पदका प्रतिस्पर्धी किरण थापाले ३ सय ४४ र उपेन्द्र न्यौपानेले २ सय ५२ मत ल्याए ।

Related News

सम्बन्धित समाचार

hero news full width