विनोद चौधरी महाधिवेशन प्रतिनिधिमा सर्वसम्मत

आदर्श समाज सम्वाददाता
मंसिर ६, २०७८
Chaudhary-Group-Binod-Chaudhary

पाेखरा । उद्याेगपति  विनोदकुमार चौधरी नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधिमा सर्वसम्मत चयन भएका छन् ।

नवलपुर क्षेत्र नं १ बाट चौधरी सर्वसम्मत महाधिवेशन प्रतिनिधिमा चयन भएका हुन ।

चौधरी नेपाली काँग्रेसले १४औँ महाधिवेशनका लागि गठित सूचना तथा सञ्चार मन्त्री ज्ञानेन्द्रबहादुर कार्की संयोजक रहेको आर्थिक समितिको सल्लाहकार समेत रहेका छन् ।

नवलपुरमा सोमवार दुई वटा सङ्घीय निर्वाचन क्षेत्रमा मनोनयन भएको छ ।

मंगलवार मतदानबाट सम्पन्न हुने अधिवेशनले दुई वटा क्षेत्रीय कार्यसमिति र ५० जना महाधिवेशन प्रतिनिधि चयन गर्ने छ ।

५० जना महाधिवेशन प्रतिनिधिका लागि जिल्लामा १०० जनाको उम्मेदवारी परेको छ

Related News

सम्बन्धित समाचार

hero news full width