केसीको सालिक अनावरण

आदर्श समाज सम्वाददाता
कार्तिक २७, २०७८
sura

पोखरा । माछापुच्छ्रे बैंकका संस्थापक अध्यक्ष सूर्यबहादुर केसीको स्मृतिमा बैंकका नयाँबजार शाखा कार्यालय परिसरमा उनको अर्धकदको सालिक स्थापना गरिएको छ । सालिकको स्व. केसीकी धर्मपत्नी प्रेमकुमारी केसीले शुक्रबार अनावरण गरिन् ।
पोखरालाई पर्यटन र आर्थिक क्षेत्रको केन्द्र बनाउने सोचका साथ पोखराका वरिष्ठ उद्योगपति एवं समाजसेवी केसीले २२ वर्षअघि माछापुच्छ्रेबैंक स्थापना गरेका हुन् ।
पूर्व प्रहरी वरिष्ठ उपरीक्षक कृष्णबहादुर थापाले केसीको स्मरण गर्दै उनको दूरदर्शीताले मुलुकको आर्थिक तथा सामाजिक क्षेत्रमा ठूलो योगदान पुगेको बताए ।
बैंकका सञ्चालक कवि हरिभक्त सिग्देल (महेश) ले केसी भौतिकरुपमा नभए पनि सूर्यको किरण झैं उनका विचार संसारमा फैलिएको बताए ।
कार्यक्रममा केसीका ज्येष्ठ सुपुत्र प्रकाश केसीले धन्यवाद गर्दै आफ्नो पिताजीको सोच र विचारलाई समाजले ग्रहण गरेकोमा आभार व्यक्त गरे ।
सालिक अनावरण समारोहमा माछापुच्छ्रे बैंकका अध्यक्ष डा. वीरेन्द्र महतो, बैंकका कार्यकारी अधिकृत सन्तोष कोइराला, बैंकका सञ्चालक किरण केसी, रोशन केसी, निर्देशक जयमुकुन्द खनाल लगायत उपस्थित थिए ।
कलाकार विकल प्रजापतिले केसीको सालिक निर्माण गरेका हुन् ।

Related News

सम्बन्धित समाचार

hero news full width