हाजिरी जवाफमा शिवालय प्रथम

आदर्श समाज सम्वाददाता
कार्तिक १४, २०७८
shivalaya 2

पोखरा । रूपा गाउँपालिकाभित्रका माध्यमिक विद्यालयहरूबीच भएको माध्यमिक तहस्तरीय हाजिरीजवाफ प्रतियोगितामा शिवालय मावि प्रथम भएको छ । कालिका माध्यमिक विद्यालय, रुपा १ को आयोजनामा शुक्रबार भएको प्रतियोगितामा रूपाका १० माध्यमिक विद्यालयमध्ये ७ विद्यालयबाट सहभागिता थियो । प्रतियोगितामा रुपा ६, तालबेसीस्थित रूपाज्योति मावि द्वितीय, रुपा ३, पोल्याङस्थित जनता मावि तृतीय, रुपा ७, हंसपुरस्थित रामकोट मावि सान्त्वना भए ।
प्रतियोगिताका विजेतालाई रूपा गाउँपालिका, शिक्षा शाखा प्रमुख सन्दीप पौडेल, प्रधानाध्यापक ज्ञानेन्द्र पौडेल, पुरस्कार प्रायोजकका तर्फबाट कीर्ति सुवेदीलगायतले पुरस्कार वितरण गरेका थिए । इम्पावर नेपाल फाउन्डेसनले प्रायोजन गरेको प्रतियोगितामा पहिलो हुनेले ५ हजार, दोस्रो हुनेले ४ हजार, तेस्रो हुनेले ३ हजार र सान्त्वना हुनेले २ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width