दोहोरी च्याम्पियनको फाइनल आज

आदर्श समाज सम्वाददाता
कार्तिक १३, २०७८
dohori

हेमजा । नेपाल टेलिभिजनको प्रस्तुति दोहोरी च्याम्पियनको अन्तिम प्रतिष्पर्धा आज पोखरामा हुँदैछ ।
कि एड्भटाइजिङ प्रा.लि.को प्रायोजनमा भएको उक्त प्रतियोगितामा बिजेताका लागि बालचन्द्र बराल तथा शोभा कार्की र प्रकाश पराजुली तथा मिना बुढाथोकीको समूह प्रतिष्पर्धा गर्दैछन् । दर्शक मत समेत निर्णयको आधार हो ।

प्रतियोगिताको गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले उद्घाटन गर्ने कार्यक्रम छ । पोखरास्थित बाराहीघाटमा संचालन हुने च्याम्पियनको सम्पूर्ण तयारी पूरा भएको टेलिभिजनका कार्यक्रम महाशाखा प्रमुख डा. टंक उप्रेतीले जानकारी दिए ।

च्याम्पियन अन्र्तगत विजेता समुहले नगद रु.२० लाख साथमा रु.१ करोड बराबरको जीवन विमा तथा उपविजेता समुहले नगद रु. १० लाख तथा रु. ५० लाख बराबरको जीवन विमा पुरस्कार पाउने छन् । त्यस्तै तृत्तीयलाई रु. ३ लाख तथा सान्त्वना समुहलाई रु.२ लाख दिइने छ ।

प्रतियोगिताका गायक प्रजापति पराजुली र गायिका सीता थापा तथा गीतकार रमेश बिजी र चन्द्र शर्मा निर्णायक छन् । त्यस्तै गायक बद्री पंगेनी र गायिका प्रीति आलेले कार्यक्रम संचालन गर्दै आएका छन् ।

‘प्रतिस्पर्धा दोहोरीकोः संरक्षण संस्कृतिको’ नाराका साथ च्याम्पियन गरिएको हो।प्रतियोगितासँगै पोखराको पर्यटन तथा संस्कृतिमा समेत सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ ।

दिउँसो ४ बजेबाट सुरु हुने उक्त प्रतियोगिताको नेपाल टेलिभिजनले प्रत्यक्ष प्रशारण समेत गर्नेछ ।

Related News

सम्बन्धित समाचार

hero news full width

trending post

ट्रेन्डिङ्ग