स्कुल बसबाट खसेर विद्यार्थीको मृत्यु

आदर्श समाज सम्वाददाता
कार्तिक १०, २०७८
accident

हेमजा, १० कात्तिक । पोखरामा स्कुल बसबाट खसेर एक विद्यार्थीको मृत्यु भएको छ । पोखरा २५, हेमजास्थित ज्ञानसागर एकेडेमी स्कुलको ना१क २३७३ नं को बसको ढोकाबाट खसेर मंगलबार युकेजीका ८ वर्षीय रोमन तामाङको मृत्यु भएको हो ।

दुर्घटनापछि घाइते तामाङको उपचार क्रममा मणिपाल शिक्षण अस्पतालमा मृत्यु भएको हो । उनको टाउको र शरीरका विभिन्न भागमा चोट लागेको थियो।

प्रहरीले धादिङ गंगाजमुना गाउँपालिका वडा ६ का बसचालक ४७ वर्षीय सानोकान्छा थापालाई पक्राउ गरेको छ । उनीविरुद्ध सवारी ज्यान मुद्दामा जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यता, विद्यालय प्रधानाध्यापक शंकरमणि त्रिपाठी ‘छन्दमणि’ले दुखद घटनाले विद्यालय परिवार शोकमा रहेको उल्लेख गर्दै मृतकका परिवारलाई क्षतिपूर्ति स्वरुप १० लाख दिने सहमति भएको जनाए।

Related News

सम्बन्धित समाचार

hero news full width