यौन शोषणमा लगाएको अभियोगमा पक्राउ

आदर्श समाज सम्वाददाता
कार्तिक ९, २०७८
sex~

पोखरा । मानव बेचबिखन तथा ओसारपसारमा संलग्न भएको अभियोगमा कास्की प्रहरीले पोखराबाट २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पोखरा महानगरपालिका वडा १७, बिरौटा बस्ने ४२ वर्षीय सुरेश तामाङ र बाराको कोल्बी नगरपालिका वडा १, कोल्बीका २६ वर्षीय ऋषि भट्ट हुन् ।
उनीहरुले लेकसाइडस्थित होटल ड्रिमल्याण्डमा महिलालाई काममा लगाइदिन्छु भनी ललाइफकाइ प्रलोभनमा पारी तथा डरत्रास देखाएर यौनशोषण गर्न लगाउने गरेको सूचना आधारमा प्रहरीले आइतबार पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी नायव उपरीक्षक सुवास हमालले उनीहरुविरुद्ध मानव बेचबिखन तथा ओसारपसार मुद्दामा जिल्ला अदालतबाट १० दिनको म्याद थपी अनुसन्धान कार्य अघि बढाइएको जनाए । यसैगरी पीडित महिलालाई मनोपरामर्श गरी आफन्तको जिम्मा लगाइएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width