बिसौनी दोहोरी नयाँ व्यवस्थापनमा

आदर्श समाज सम्वाददाता
असाेज २३, २०७८
bisauni dohori~

पोखरा । बिसौनी दोहोरी साँझ, सिर्जनाचोक नयाँ व्यवस्थापनका साथ सञ्चालनमा आएको छ । सो दोहोरीसाँझको नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका प्राज्ञ तथा लोकसंगीत विभाग प्रमुख वरिष्ठ गायिका हरिदेवी कोइरालाले उद्घाटन गरिन् । दोहोरीसाँझले व्यावसायिक सफलता प्राप्त गरोस् भन्दै गायिका कोइरालाले दोहोरी साँझ नयाँ प्रतिभालाई अवसर र पुराना प्रतिभालाई निखारता प्रदान गर्न सघाएको बताइन् ।
दोहोरी साँझमा पोखरा १९ का चन्द्र दर्नालको झन्डै डेढ करोड लगानी छ । ‘तल्लो तलामा दोहोरी साँझ सञ्चालन हुन्छ । टपमा रेस्टुरेन्ट । दुवैतिर गरेर झन्डै डेढ करोड लगानी गर्दैछु,’ उनले भने । यस अगाडि दर्नालले पोखराको दर्पणछाया दोहोरी साँझमा लगानी गरेका थिए ।
यसैबीच, शुभारम्भ अवसरमा पत्रकारिता माध्यमबाट लोकसंगीतको क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै दोहोरीसाँझले पत्रकार राजाराम पौडेल सम्मान गरेको छ । रेडियो अन्नपूर्णमा आवद्ध पत्रकार पौडेल रंगपत्रकारिता क्षेत्रमा क्रियाशील छन् ।
व्यवसायबाट प्राप्त भएको नाफाको केही हिस्सा असाहय तथा गरिब व्यक्तिको लागि छुट्याउने सञ्चालक दर्नालले खुलाए । लोक संगीत प्रतिको मायाका कारण ट्याक्सी ड्राइभरबाट दोहोरी साँझ तर्फ यात्रा मोडिएको उनले सुनाए ।
दोहोरी साँझमा जीवन दाहाल, लक्ष्मी नेपाली, राम्जी पौडेल, माया केसी लगायतका कलाकारको नियमित प्रस्तुति रहनेछ । बेलाबेलामा राष्ट्रियस्तरका कलाकार बोलाएर लोक संगीतप्रेमीको सांगीतिक तृष्णा मेटाउने तयारी दोहोरी साँझले गरेको जनाएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width