निर्माण व्यवसायी संघको शुभकामना

आदर्श समाज सम्वाददाता
असाेज २३, २०७८
nirman sangh~

पोखरा । नेपाल निर्माण व्यवसायी संघले कास्कीले दसैं तथा तिहार अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेको छ ।
कार्यक्रममा नेपाल निर्माण व्यवसायी महासंघका केन्द्रीय उपाध्यक्ष राजेन्द्र पहारीले कोभिड १९ का कारण निर्माण व्यवसाय प्रभावित बनेको बताए । उनले दसैंले सबैमा खुसीयाली ल्याउन सकोस् भनी कामना गरे ।
संघ अध्यक्ष सुरेश श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गण्डकी प्रदेश निर्माण व्यवसायी संघका अध्यक्ष एवं कास्की संघका प्रमुख सल्लाहकार ओमप्रसाद गौचन, वडा १७ का वडाध्यक्ष तीर्थराज अधिकारी, वडा ४ का वडाध्यक्ष शंकर बास्तोला, अग्रज व्यवसायी शिवबहादुर कार्की, झपिन्द्र रेग्मी, मुक्तिप्रसाद तिमिल्सिना, खिमप्रकाश मल्ल, निवर्तमान अध्यक्ष वासुदेव गौचन, टंकराज बराल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
संघ वरिष्ठ उपाध्यक्ष रामराज अधिकारीले स्वागत मन्तव्य राखेको कार्यक्रमको सञ्चालन सचिव सुवर्ण श्रेष्ठले गरेका थिए । कार्यक्रममा सहभागीले आपसमा शुभकामना साटासाट गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width