Worldlink ads

चितुवाले खोरभित्रको २३ बाख्रा मार्‍यो

रासस
असाेज ११, २०७८
Leopard-BW_1200px

बर्दिया । गुलरिया नगरपालिका–५, सन्तोषी टोलस्थित बृस पशुपक्षी तथा बाख्रापालन फर्मका २३ बाख्रा चितुवाले मारेको छ । खोरभित्र बाँधिएका २३ बाख्रालाई चितुवाले मारेको तथा करिब रु तीन लाख बराबरको क्षति भएको पीडित चन्द्रकान्त पौडेलले जानकारी दिनुभयो ।

नजिकैको सामुदायिक वनबाट आएको चितुवा राति एक्कासी आएर सबै बाख्रा मारेको पौडेलले बताउनुभयो । सूचना प्राप्त भएलगत्तै घटनास्थलमा प्रहरी जाँदा सम्पूर्ण खसी तथा बाख्रा मृतावस्थामा फेला परेका र अन्य विस्तृत विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक गोपाल पौडेलले जानकारी दिनुभयो ।

Related News

सम्बन्धित समाचार

    hero news full width

    Jewellery

    sanil ads

    wordlink ads

    trending post

    ट्रेन्डिङ्ग