शवदाह गृहको शिलालेख अनावरण

आदर्श समाज सम्वाददाता
असाेज ११, २०७८
news kabiraj khanals

गगनगौंडा । पोखरा ३० गगनगौंडास्थित सतीघाटमा रहेको शवदाह गृहको आइतबार शिलालेख अनावरण गरिएको छ ।
स्थानीय चन्दादाता र सामुदायिक वनको लगानीमा निर्मित शवदाह गृहको शिलालेख रुपा गाउँपालिका अध्यक्ष नवराज ओझाले अनावरण गरे । यसैबीच चन्दादातालाई सम्मान गरिएको थियो ।
अध्यक्ष ओझाले शवदाह संरक्षण समितिले गरेको कार्यको प्रशंसा गर्दै सतीघाट व्यवस्थापनका लागि १ लाख ११ हजार रुपैयाँ अक्षय कोषको स्थापना गर्दै शवदाह सतीघाटलाई नमुनाको रुपमा विकास गर्नुपर्ने धारणा व्यक्त गरे ।
शवदाह संरक्षण समितिका अध्यक्ष राजु केसीको अध्यक्षतामा भएको कार्यक्रममा समाजसेवी डा. प्रेम थापा, समाजसेवी गणेशबहादुर खत्री, संस्थाका उपाध्यक्ष देवराज पन्थी, नेकपाका जिल्ला सदस्य दिलीप न्यौपाने, संस्थाका सल्लाहकार गोविन्द पगेनी, लगायतले शवदाह निर्माणको लागि स्थानीय र चन्दादाताहरुको प्रशंसा गरे । संस्थाका सचिव प्रेम थापाले कार्यक्रम सञ्चालन गरेका थिए ।
कार्यक्रममा शव दाहगृह निर्माणमा योगदान पु¥याएका चन्दादातालाई प्रमुख अतिथिबाट प्रमाणपत्र र दोसल्ला ओढाएर सम्मान गरिएको थियो । २०७७ सालमा सतीघाट शवदाह स्थालका विभिन्न संरचना करिब ८५ लाख रुपैयाँ लागत बनाइएको थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width